Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

इरानी विद्यालय विष प्रकरणः एक सयभन्दा बढी पक्राउ


२९ फागुन, एजेन्सी । इरानी विद्यालयका हजारौँ छात्रालाई रहस्यमय ढङ्गले विषको माध्यमबाट आक्रमण गरेको अभियोगमा एक सयभन्दा बढीलाई पक्राउ गरिएको छ ।

गत नोभेम्बरको अन्त्यदेखि सतहमा आएको विष प्रकरण इरानमा गम्भीर बन्दै गएको छ । विद्यालय परिसरमा विषाक्त गन्ध फैलाएर छात्रालाई आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । धेरै छात्रा बेहोस हुने, वाकवाकी लाग्ने, सास फेर्न कठिन हुने समस्याबाट पीडित भएका थिए । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।

देशका दुई सयभन्दा बढी विद्यालय परिषरमा विषाक्त गन्ध फैलाएर ‘शत्रु समूह’ ले आक्रमण गरेका जनाउँदै गृह मन्त्रालयले अपराधीहरूलाई कानुनको दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । यो घटनाबाट विद्यार्थी र अभिभावक क्रुद्ध एवम् भयभीत छन् ।

इरानी जनतामा त्रास सृजना गर्ने तथा विद्यालय बन्द गराउने उद्देश्यका साथ विषाक्त आक्रमण गरिएको गृह मन्त्रालयले बताएको छ । गत साताको मध्यदेखि विषाक्त आक्रमणका घटना नभएका, छात्राहरू बिरामी परेका खबर पनि प्राप्त नभएका उक्त मन्त्रालयको कथन छ ।

अल्वानियामा रहेको इरानको विपक्षी आतङ्कवादी सङ्गठनले उक्त आक्रमण गराएको ठानिएको छ । पक्राउ परेकाहरूसँग सोधपुछ र अनुुसन्धान जारी रहेकाले आतङ्कवादी सङ्गठनसँगको उनीहरूको संलग्नता पुष्टि भइनसकेको सम्बद्ध अधिकारीहरूले बताएका छन् । इरानका ३१ प्रान्तमध्ये २५ वटा प्रान्तका करिब दुई सय ३० विद्यालयका पाँच हजारभन्दा बढी विद्यार्थी विषाक्त आक्रमणको शिकार भएका पछिल्लो सरकारी तथ्याङ्कमा उल्लेख छ ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?