Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

इरानी विद्यालय विष प्रकरणः एक सयभन्दा बढी पक्राउ


२९ फागुन, एजेन्सी । इरानी विद्यालयका हजारौँ छात्रालाई रहस्यमय ढङ्गले विषको माध्यमबाट आक्रमण गरेको अभियोगमा एक सयभन्दा बढीलाई पक्राउ गरिएको छ ।

गत नोभेम्बरको अन्त्यदेखि सतहमा आएको विष प्रकरण इरानमा गम्भीर बन्दै गएको छ । विद्यालय परिसरमा विषाक्त गन्ध फैलाएर छात्रालाई आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । धेरै छात्रा बेहोस हुने, वाकवाकी लाग्ने, सास फेर्न कठिन हुने समस्याबाट पीडित भएका थिए । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।

देशका दुई सयभन्दा बढी विद्यालय परिषरमा विषाक्त गन्ध फैलाएर ‘शत्रु समूह’ ले आक्रमण गरेका जनाउँदै गृह मन्त्रालयले अपराधीहरूलाई कानुनको दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । यो घटनाबाट विद्यार्थी र अभिभावक क्रुद्ध एवम् भयभीत छन् ।

इरानी जनतामा त्रास सृजना गर्ने तथा विद्यालय बन्द गराउने उद्देश्यका साथ विषाक्त आक्रमण गरिएको गृह मन्त्रालयले बताएको छ । गत साताको मध्यदेखि विषाक्त आक्रमणका घटना नभएका, छात्राहरू बिरामी परेका खबर पनि प्राप्त नभएका उक्त मन्त्रालयको कथन छ ।

अल्वानियामा रहेको इरानको विपक्षी आतङ्कवादी सङ्गठनले उक्त आक्रमण गराएको ठानिएको छ । पक्राउ परेकाहरूसँग सोधपुछ र अनुुसन्धान जारी रहेकाले आतङ्कवादी सङ्गठनसँगको उनीहरूको संलग्नता पुष्टि भइनसकेको सम्बद्ध अधिकारीहरूले बताएका छन् । इरानका ३१ प्रान्तमध्ये २५ वटा प्रान्तका करिब दुई सय ३० विद्यालयका पाँच हजारभन्दा बढी विद्यार्थी विषाक्त आक्रमणको शिकार भएका पछिल्लो सरकारी तथ्याङ्कमा उल्लेख छ ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?