Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

कांग्रेस काठमाडौंकाे कार्यालयमा नेविसंघको ताला, सभापति शेर्पालाई बर्खास्त गर्न माग


२८ फागुन, काठमाडाैँ । नेविसंघमा स्ववियु निर्वाचनमा टिकट वितरणकाे विषयलाई लिएर विवाद बढिरहँदा असन्तुष्ट विद्यार्थीहरूकाे समुहले कांग्रेस काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेविसंघ सभापति दुजाङ शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा एकलाैटी पत्र दिएपछि काठमाडौं जिल्लाका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन् । अञ्सुल केसी र निश्चल महर्जन नेतृत्वकाे विद्यार्थीकाे समुहले विहान नेविसंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेकाे थियाे भने दिउँसाे पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले सभापति शेर्पाले एकलाैटी बनाएकाे जिल्ला अध्यक्षलाई मान्न नसक्ने भन्दै विराेध जारी राखेका छन् । उनीहरूले स्ववियु निर्वाचनकाे सम्मुखमा गरिएकाे मनपरि निर्णयले संगठनलाई क्षति हुने भन्दै सभापति शेर्पाका राजीनामा माग गरेका छन् ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?