Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कांग्रेस काठमाडौंकाे कार्यालयमा नेविसंघको ताला, सभापति शेर्पालाई बर्खास्त गर्न माग


२८ फागुन, काठमाडाैँ । नेविसंघमा स्ववियु निर्वाचनमा टिकट वितरणकाे विषयलाई लिएर विवाद बढिरहँदा असन्तुष्ट विद्यार्थीहरूकाे समुहले कांग्रेस काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेविसंघ सभापति दुजाङ शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा एकलाैटी पत्र दिएपछि काठमाडौं जिल्लाका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन् । अञ्सुल केसी र निश्चल महर्जन नेतृत्वकाे विद्यार्थीकाे समुहले विहान नेविसंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेकाे थियाे भने दिउँसाे पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले सभापति शेर्पाले एकलाैटी बनाएकाे जिल्ला अध्यक्षलाई मान्न नसक्ने भन्दै विराेध जारी राखेका छन् । उनीहरूले स्ववियु निर्वाचनकाे सम्मुखमा गरिएकाे मनपरि निर्णयले संगठनलाई क्षति हुने भन्दै सभापति शेर्पाका राजीनामा माग गरेका छन् ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?