Trending
>>   विवाहपञ्चमीको निम्तो दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान >>   नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पूर्वानुमानयोग्यता र पारदर्शी कानून आवश्यकः अमेरिकी दुतावास >>   निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल >>   महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा >>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल
Logo
१३ मंसिर २०८३, आईतवार
१३ मंसिर २०८३, आईतवार

सूर्योदय नगरपालिकामा ‘मेयरसँग बालबालिका कार्यक्रम’


फिक्कल,इलाम। इलामको सूर्योदय नगरपालिकाले विद्यार्थीका लागि बाल बचत अभियान सुरु गरेको छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत अनिवार्य बैङ्क खाता खोलेर बचत गर्न थालिएको हो ।

उक्त कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि तयार गरी बाल बचत अभियान सञ्चालनमा ल्याएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिएका छन् । कार्यविधिअनुसार प्रत्येक विद्यार्थीले अनिवार्य बैङ्क खाता खोलेर दैनिक बचत गर्नुपर्ने र त्यसमा नगरपालिकाले साझेदारी गरिदिने भएको छ ।

त्यस्तै, विद्यार्थीलाई बचत गर्ने बानी विकास गर्न यस्तो कार्यक्रम ल्याइएको उनले बताए । उक्त कार्यक्रममा कक्षा एकदेखि छसम्मका विद्यार्थी सहभागी हुन पाउनेछन् भने सो नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि राष्ट्रिय वाणिज्य बैङ्क र संस्थागत विद्यालयका विद्यार्थीका लागि हिमालयन बैङ्क लिमिटेडसँग सम्झौता गरेर काम अगाडि बढाएको छ ।

“हामीले दुईवटा बैङ्कसँग सम्झौता गरेका छौँ । ती बैङ्कले सबै विद्यार्थीको खाता शून्य ब्यालेन्समा खोलिदिनाका साथै रु एक सय जम्मा गरिदिन्छ,” नगरप्रमुख राईले भने, “विद्यार्थीहरुले त्यो खातामा प्रत्येक दिन न्यूनतम रु पाँच जम्मा गर्नुपर्छ । थप रकम आफ्नो गच्छेअनुसार बचत गर्न सक्छन् । नगरपालिकाले विद्यार्थीको बचतको ब्याजमा दुई प्रतिशत रकम वार्षिक रूपमा एकमुष्ट जम्मा गरिदिन्छ ।”

उक्त कार्यक्रमअन्तर्गत नगरभित्रका सबै विद्यार्थीले बैङ्क खाता खोलिसकेका छन् भने सामुदायिक विद्यालयका एक हजार ५० र संस्थागत विद्यालयका दुई हजार दुई सय विद्यार्थीले बैङ्क खाता खोलिसकेको युवा, खेलकँद तथा शिक्षा शाखाप्रमुख योगनिधि भट्टराईले बताएका छन् ।

उक्त नगरपालिकामा एक क्याम्पस, ६३ वटा सामुदायिक विद्यालय, ३० वटा संस्थातग विद्यालय र ५५ वटा बालविकास केन्द्र छन् ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?