Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

चलचित्र म्याउँ घोषणा, अनुप र उत्तमको प्रमुख भूमिका


काठमाडौं। अभिनेता द्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली चलचित्र म्याउँ बन्ने भएको छ । माघे सक्रान्तिको अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ ।

अनुपको लागि महत्त्वाकाङ्क्षी तथा उत्तमको कम ब्याक रहने यो चलचित्रलाई लेखन, निर्देशन तथा निर्माण जय राज रायको रहनेछ भने जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने यस चलचित्रमा प्रमुख भूमिकाको लागि अभिनेत्रीको भने टुङ्गो नलागेको निर्देशक रायले बताएका छन् ।

त्यस्तै, मानसिक रूपमा विक्षिप्त अवस्थाको साइको किलर, जसको आफ्नै समस्याग्रस्त अतीत छ । उसले समाजमा देखाउने आफ्नो उपस्थिति र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथामा यो चलचित्र बन्न लागेको रायले बताए । उनले यस चलचित्रमा ट्विस्ट एन्ड टर्नुको भरपुर प्रयोग गरी शानदार अनुभव दिलाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

त्यस्तै, दक्षिण भारतीय चलचित्रकै प्रख्यात सिनेमाटोग्राफर आकाश कुमारको डिओपी रहने म्याउँमा लक्ष्मण सुनारले एशोसियट निर्देशन तथा सम्पादन गर्नेछन् । यस चलचित्र चीनमा पनि रिलिज हुनेछ । जसको लागि चिनिया वितरक साउथ एसिया मेरीटाईम सिल्क रोड (फुजियान) ईन्टरनेसनल मिडिया को.लि. चलचित्रमा आबद्ध भइसकेको छ ।

दक्षिण भारतीय चलचित्र सङ्गीतका प्रख्यात एजे अलीमिर्जाक नौशाद अलीले सङ्गीत दिने यस चलचित्रमा दक्षिण भारतीय चलचित्रका पार्श्व गायक गायिका साई भिग्नेश, पद्मलताले स्वर दिनेछन् । साई चर्चित चलचित्र कान्ताराुको गीत बराह रूपम र पद्मलता चलचित्र थानी ओरूभनको कान्नाला कान्नाला गीतबाट चिनिन्छन् ।

जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्स कुमार चौधरी सह निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता निशा खतिवडा हुन् भने भुटानी चलचित्रमा अनुभव लिएका सुमन माझीको साउन्ड डिजाइन र सुदिप भण्डारीको भिएफएक्स रहनेछ ।

यसको विश्वव्यापी रिलिज लक्ष्य सन् २०२४ राखिएको छ ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?