Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

चलचित्र म्याउँ घोषणा, अनुप र उत्तमको प्रमुख भूमिका


काठमाडौं। अभिनेता द्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली चलचित्र म्याउँ बन्ने भएको छ । माघे सक्रान्तिको अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ ।

अनुपको लागि महत्त्वाकाङ्क्षी तथा उत्तमको कम ब्याक रहने यो चलचित्रलाई लेखन, निर्देशन तथा निर्माण जय राज रायको रहनेछ भने जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने यस चलचित्रमा प्रमुख भूमिकाको लागि अभिनेत्रीको भने टुङ्गो नलागेको निर्देशक रायले बताएका छन् ।

त्यस्तै, मानसिक रूपमा विक्षिप्त अवस्थाको साइको किलर, जसको आफ्नै समस्याग्रस्त अतीत छ । उसले समाजमा देखाउने आफ्नो उपस्थिति र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथामा यो चलचित्र बन्न लागेको रायले बताए । उनले यस चलचित्रमा ट्विस्ट एन्ड टर्नुको भरपुर प्रयोग गरी शानदार अनुभव दिलाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

त्यस्तै, दक्षिण भारतीय चलचित्रकै प्रख्यात सिनेमाटोग्राफर आकाश कुमारको डिओपी रहने म्याउँमा लक्ष्मण सुनारले एशोसियट निर्देशन तथा सम्पादन गर्नेछन् । यस चलचित्र चीनमा पनि रिलिज हुनेछ । जसको लागि चिनिया वितरक साउथ एसिया मेरीटाईम सिल्क रोड (फुजियान) ईन्टरनेसनल मिडिया को.लि. चलचित्रमा आबद्ध भइसकेको छ ।

दक्षिण भारतीय चलचित्र सङ्गीतका प्रख्यात एजे अलीमिर्जाक नौशाद अलीले सङ्गीत दिने यस चलचित्रमा दक्षिण भारतीय चलचित्रका पार्श्व गायक गायिका साई भिग्नेश, पद्मलताले स्वर दिनेछन् । साई चर्चित चलचित्र कान्ताराुको गीत बराह रूपम र पद्मलता चलचित्र थानी ओरूभनको कान्नाला कान्नाला गीतबाट चिनिन्छन् ।

जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्स कुमार चौधरी सह निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता निशा खतिवडा हुन् भने भुटानी चलचित्रमा अनुभव लिएका सुमन माझीको साउन्ड डिजाइन र सुदिप भण्डारीको भिएफएक्स रहनेछ ।

यसको विश्वव्यापी रिलिज लक्ष्य सन् २०२४ राखिएको छ ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?