Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सिन्धुली बस दुर्घटना अपटेड : तीन जनाको खुल्यो परिचय


२८ फागुन, सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुङगाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगर रहेका छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन ।

ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । बसमा चालकसहित ३६ यात्रु सवार थिए । सोह्र घाइतेलाई उपचारका लागि काठमाडाैँ लगिएको सिलवालले जानकारी दिए । ती मध्ये आठ जनालाई हेलिकप्टरमा तथा आठ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौँ लगिएको हो । सामान्य घाइते १४ जनाको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ । बसको ब्रेक फेल भइ अन्यन्त्रित हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?