Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

साताको पहिलो दिन शेयर बजारमा ठूलो पहिरो


२८ फागुन, काठमाडाैँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ८९ को बिन्दु कायम भएको हो ।

नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको ४७ लाख ७२ हजार एक सय ४० कित्ता शेयर ३६ हजार दुई सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार पाँच सय बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ३८ दशमलव २० र निर्जीवन बीमा समूहको उपसूचक एक सय १९ दशमलव १२ अङ्कले घटेको छ । बैंकिङ समूह २२ दशमलव ५३, विकास बैंक समूह ५२ दशमलव १३, वित्त समूह २८ दशमलव ७८ र होटल तथा पर्यटन समूह ३१ दशमलव ३३ अङ्कले घटेको छ ।

त्यसैगरी जलविद्युत् समूह ३८ दशमलव ०७, लगानी समूह एक दशमलव पाँच, उत्पादन तथा प्रशोधन समूह १७ दशमलव ८६, लघुवित्त समूह ३० दशमलव ६५, म्युचुअल फन्ड शून्य दशमलव छ, व्यापार समूह २४ दशमलव ८७ र अन्य समूह आठ दशमलव ८१ अङ्कले घटेको छ ।

आज २६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ८६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९८ अङ्कले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा गुडविल फाइनान्स लिमिटेड डिभेन्चर– २०८३ को शेयर मूल्य छ दशमलव ५५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू आठ करोड २१ लाख ५८ हजार नौ सय ४३ बराबरको एक लाख ८१ हजार दुई सय ३४ कित्ता शेयर कारोबार भएको छ ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?