Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

यूएईमाथि नेपालको सानदार जित, २४९ रन पछ्याएको यूएई ७१ रनमै अलआउट


२८ फागुन, काठमाडाैँ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग-२ अन्तर्गत जारी शृङ्खलामा यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको छ । घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा युएईलाई एक सय ७७ रनले हराउँदै नेपालले एकदिवसीय मान्यता कायमै राखेको हो । यो जितसँगै नेपालले थप चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित राखेको छ ।

नेपालले सन् २०१८ मा पहिलो पटक क्रिकेटमा एकदिवसीय मान्यता पाएको थियो । लिगमा शीर्ष पाँच स्थानमा कायम रहने राष्ट्रलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले एकदिवसीय मान्यता दिने प्रावधान छ । आजको जितसँगै नेपाल सात राष्ट्र सम्मिलित लिग-२ को चौथौ स्थानमा उक्लेको छ । नेपालले अब दुई खेल खेल्न बाँकी बाँकी छ ।

आजको खेलमा नेपालको घातक बलिङसामु युएईका ब्याटर निरीह साबित भए । जितका लागि नेपालले दुई सय ४९ रनको लक्ष्य दिएकामा युएईको पारी ७१ रनमै ध्वस्त भयो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनाएको थियो । नेपालले २२ रन बनाउँदा तीन विकेट गुमाइसकेको अवस्थामा कप्तान रोहितकुमार पौडेलले पारी सम्हाले । उनले ११२ बल खेल्ने क्रममा नौ चौकासहित ७७ रन बनाए । पौडेल आजको खेलमा प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै, आरिफ शेखले ५२ बल खेल्दै ४३, गुल्सन झाले ३१ बलमा ३७, दीपेन्द्रसिंह ऐरीले १९ बलमा ३४ रन र भीम सार्कीले ३७ बल खैल्दै २९ रन बनाए । बलिङतर्फ यूएईका लागि आयान अफजल खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले दुई÷दुई तथा आर्यन लाक्रा र जुनैद सिद्धिकीले एक÷एक विकेट लिए ।

दुई सय ४९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा यूएईले २२ दबमलव पाँच ओभरमा आफ्ना सबै विकेट गुमाउन पुग्यो । युएईले आठ रन बनाउँदा चार विकेट गुमाएको थियो । उसका लागि आयान अफजल खानले सर्वाधिक २९ रन बनाए । यस्तै अशवान्थ वल्थपाले १४ तथा कार्तिक मैयाप्प्नले अविजित ११ रन बनाए ।

युएईलाई न्यून रनको योगफलमा समेट्नमा नेपालका ललितनारायण राजवंशीको महत्वपूर्ण भूमिका निभाए । उनले सात दशमलव पाँच ओभर बलिङ गर्ने क्रममा दुई मेडन राख्दै २० रन खर्चेर पाँच विकेट लिए । यस्तै सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए । यसैगरी सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले एक/एक विकेट लिए ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?