Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

कैलालीको गोदावरीमा मकर मेला सुरु


अत्तरिया,कैलाली। कैलालीको गोदावरी नगरपालिका–५ स्थित गोदावरीधाममा बाह्रराशी दर्शन मकरमेला सुरु भएको छ ।

गोदावरीधाम विकास समितिको आयोजनामा आजदेखि सुरु भएको मेला आगामी माघ १२ गतेसम्म सञ्चालन हुनेछ । धार्मिक तथा पर्यटकीयस्थल गोदावरीधाममा पर्यटकीय चहलपहल बढाउने तथा यस क्षेत्रको प्रचारप्रसारमा मेला सहयोगी हुने विश्वासका साथ आयोजना गरिएको समितिका अध्यक्ष पदमराज जोशीले बताएका छन् ।

“मेलामा स्नान कुण्ड, कुम्भ बाटिकाको परिसर र बाटोको उचित व्यवस्थापन गरेका छौँ । खानेपानी र बिजुली बत्तीको पनि व्यवस्था मिलाएका छौँ”, उनले भने । “मेलामा बाह्रराशी, नवग्रह, सत्ताइस नक्षेत्रको स्थापना गर्नुका साथै लक्ष्य हवन गरिन्छ”, अध्यक्ष जोशीले भने, “विभिन्न पुरायणको प्रारायण, ग्रह पूजा तथा ग्रह शान्ति, भजनकीर्तन, प्रवचन तथा कविता गोष्ठी गरिने छ ।” मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र छिमेकीमूलुक भारतबाटसमेत भक्तजन आउने उनको भनाइ रहेको थियो ।

माघे सङ्क्रान्तिका दिन गोदावरी नगरपालिकाले अत्तरिया बजारदेखि गोदावरीधामसम्म भक्तजनका लागि निःशुल्क बसको व्यवस्था गरेको नगरप्रमुख वीरेन्द्र भट्टले जानकारी दिए । “माघे सक्रान्तिको दिन श्रद्धालु भक्तजनको बढी आवतजावत हुन्छ । आवतजावतमा समस्या नहोस् भनेर अत्तरिया बजारबाट गोदावरीधामसम्मका लागि छ वटा बसको व्यवस्था गरेका छौँ”, उनले भले, “गत वर्ष पनि हामीले निःशुल्क बसको व्यवस्था गरेका थियौँ । गोदावरीधाममा प्रत्येक वर्ष बाह्रराशी दर्शन मकरमेला लाग्ने गर्दछ ।

प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक १२ वर्षमा महाकुम्भ मेला लाग्ने गरेको गोदावरीधाम विकास समितिले जनाएको छ ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?