Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

बाह्र लाख मूल्य बराबरको काठ बरामद


राजविराज,सप्तरी। सप्तरीबाट सशस्त्र प्रहरीले रू १२ लाख बराबरको काठसहित एक पिकअप गाडीलाई आज नियन्त्रणमा लिएको छ ।

भारदहस्थित कोशी ब्यारेजबाट खटिएको सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस क्याम्पको प्रहरी टोलीले काठसहित सो गाडी नियन्त्रणमा लिएको हो ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र २–०१–००१च ०२६० नं को बोलेरो पिकअप गाडीलाई नियन्त्रणमा लिइएको सप्तरीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं ६ गणका सूचना अधिकृत तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज विष्टले जानकारी दिएका छन् ।

उक्त गाडीमा बिनाबिलविजक लोड गरिएको २६ दशमलब ६६ क्यूविक फिट काठ बरामद गरिएको र नियन्त्रणमा लिइएको काठ तथा सवारीसाधनलाई सव डिभिजन वन कार्यालयमा बुझाइएको उनको भनाइ रहेको थियो ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?