Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

भलामखोरका घरघरमा खानेपानी धारा


गण्डकी। पोखरा महानगरपालिका–२० भलामखोरका सम्पूर्ण घरमा खानेपानी सुविधा पुगेको छ । रु एक करोड १९ लाख ३२ हजार ८००कोे लागतमा इक्राघारी बिचारी खानेपानी आयोजना निर्माण भएसँगै सो क्षेत्रका बासिन्दालाई पानीको सुविधा पुगेको हो ।

गण्डकी प्रदेश सरकारको रु एक करोड आठ लाख ४८ हजार र रु १० लाख ८४ हजार आठ सय बराबरको जनश्रम परिचालन गरी सो आयोजना निर्माण गरिएको इक्राघारी बिचारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा निर्माण सुरु गरिएको उक्त आयोजनाअन्तर्गत एक हजार सातसय मिटर परको जङ्गलबाट दुई इञ्चिको पाइपबाट ल्याइएको पानी विभिन्न स्थलमा निर्माण गरिएका तीनवटा ट्याङ्कीमा सङ्कलन गरी उपभोक्ताका घर घरमा पानी पुर्‍याइएको छ ।

त्यसैगरी, दुई दशकभन्दा पहिल्यै नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लबको आर्थिक सहयोगमा एक इञ्चिको पाइपबाट ल्याइएको पानी अपुग भएपछि नयाँ योजना सुरु गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “तीव्ररुपमा फाँटमा बस्ती विकास भएको यस आयोजनाबाट थप २५ वटा मात्र नयाँ धारा जडान गर्न सकिने क्षमता थियो ।”

उक्त प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले सो आयोजना शुभारम्भ गर्दै प्रदेश सरकारले एक घर एक धारा कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिए ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?