Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

भलामखोरका घरघरमा खानेपानी धारा


गण्डकी। पोखरा महानगरपालिका–२० भलामखोरका सम्पूर्ण घरमा खानेपानी सुविधा पुगेको छ । रु एक करोड १९ लाख ३२ हजार ८००कोे लागतमा इक्राघारी बिचारी खानेपानी आयोजना निर्माण भएसँगै सो क्षेत्रका बासिन्दालाई पानीको सुविधा पुगेको हो ।

गण्डकी प्रदेश सरकारको रु एक करोड आठ लाख ४८ हजार र रु १० लाख ८४ हजार आठ सय बराबरको जनश्रम परिचालन गरी सो आयोजना निर्माण गरिएको इक्राघारी बिचारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा निर्माण सुरु गरिएको उक्त आयोजनाअन्तर्गत एक हजार सातसय मिटर परको जङ्गलबाट दुई इञ्चिको पाइपबाट ल्याइएको पानी विभिन्न स्थलमा निर्माण गरिएका तीनवटा ट्याङ्कीमा सङ्कलन गरी उपभोक्ताका घर घरमा पानी पुर्‍याइएको छ ।

त्यसैगरी, दुई दशकभन्दा पहिल्यै नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लबको आर्थिक सहयोगमा एक इञ्चिको पाइपबाट ल्याइएको पानी अपुग भएपछि नयाँ योजना सुरु गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “तीव्ररुपमा फाँटमा बस्ती विकास भएको यस आयोजनाबाट थप २५ वटा मात्र नयाँ धारा जडान गर्न सकिने क्षमता थियो ।”

उक्त प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले सो आयोजना शुभारम्भ गर्दै प्रदेश सरकारले एक घर एक धारा कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिए ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?