Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

बारामा नाबालिगलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ


बीरगन्ज। झारफुक गर्ने बहानामा १३ वर्षीय नाबालिगलाई बलात्कार गरेको अभियोगमा बारामा एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा शनिबार झारफुक गर्ने एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाराको महागढीमाई नगरपालिका–२ बस्ने ३० वर्षीय आकाश मण्डल जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार केही समयदेखि झारफुक गर्ने काम गर्दै आएका मण्डलकोमा झारफुक गराउन पुगेकी बालिकालाई जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले सर्लाहीबाट आएकी नाबालिगलाई झारफुक गर्ने बहानामा बलात्कार गरेको उजुरी पर्नासाथ पीडकलाई पक्राउ गरिएको बताएका छन् ।

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मण्डललाई प्रहरी हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र आज उनीमाथि म्याद थपको तयारी गरिएको बाराका प्रहरी प्रवक्ता न्यौपानेले बताएका छन् ।

 


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?