Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

बारामा नाबालिगलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ


बीरगन्ज। झारफुक गर्ने बहानामा १३ वर्षीय नाबालिगलाई बलात्कार गरेको अभियोगमा बारामा एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा शनिबार झारफुक गर्ने एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाराको महागढीमाई नगरपालिका–२ बस्ने ३० वर्षीय आकाश मण्डल जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार केही समयदेखि झारफुक गर्ने काम गर्दै आएका मण्डलकोमा झारफुक गराउन पुगेकी बालिकालाई जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले सर्लाहीबाट आएकी नाबालिगलाई झारफुक गर्ने बहानामा बलात्कार गरेको उजुरी पर्नासाथ पीडकलाई पक्राउ गरिएको बताएका छन् ।

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मण्डललाई प्रहरी हिरासतमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र आज उनीमाथि म्याद थपको तयारी गरिएको बाराका प्रहरी प्रवक्ता न्यौपानेले बताएका छन् ।

 


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?