Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

बिग्रेका उपकरण मर्मत गरी सञ्चालन गर्दै मन्त्रालय


काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा बिग्रिएका औजार र उपकरण मर्मत गरी सञ्चालन गर्न थालेको छ । सोहीअनुसार मन्त्रालयले सातवटै प्रदेशमा ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ ।

उक्त मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयले नीति अनुसार नै नयाँ उपकरण किन्नुभन्दा पनि बिग्रिएका तथा पुराना उपकरणको मर्मत गरी सञ्चालन गर्न थालेको बताएका छन् । “स्वास्थ्यका धेरै उपकरण बिग्रेर सञ्चालन भएका छैनन् । ती उपकरणलाई हामीले मर्मत गरी सञ्चालन गरिरहेका छौँ”, उनले भने ।

त्यस्तै, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले पुराना तथा बिग्रिएका उपकरणको मर्मत गरी सञ्चालन गर्नका लागि ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ । सो महाशाखाका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले सातवटै प्रदेशमा अहिले पुराना, नचल्ने उपकरण मर्मत गरी सञ्चालन गर्ने कार्य भइरहेको जानकारी दिए ।

“पुराना, बिग्रिएका सामान मर्मत गरी सञ्चालन हुन्छन् भनेर पुराना उपकरण मर्मत गरिरहेका छौँ”, चौरसियाले भने, “यसले गर्दा राज्यको पैसा पनि बचत हुने र पुराना उपकरण मर्मत भई प्रयोगमा ल्याउन सकिन्छ भने कम खर्चमा स्वास्थ्य उपकरण प्रयोग गर्न सकेमा अस्पतालहरुमा आवश्यकताअनुसार उपकरण उपलब्ध गराउन पनि सकिन्छ ।” उनका अनुसार वर्कसप प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको हो ।

त्यस्तै, बायोमेडिकल इञ्जिनियरिङको समूहले ती बिग्रेका, थन्किएका स्वास्थ्य उपरकणको मर्मत गरी सञ्चालन गर्न मिल्ने बनाउने गरेका छन् भने वर्कसपमा सिटी स्क्यान, भिडियो एक्सरे, एक्सरे, इको, इसिजीलगायत उपचारात्मक उपकरणको मर्मतसम्भार हुने गरेको छ ।

मधेश प्रदेशमा बजेट विनियोजन भइसकेकाले चालु आर्थिक वर्षमा वर्कसप स्थापना गरिने चौरसियाले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशमा विश्व बैंकसँग वर्कसप स्थापना गर्नका लागि मन्त्रालयले सम्झौता गरेको छ ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?