Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

जनताका पक्षमा काम गर्न नेता सिंहको जोड


लेखनाथ,कास्की। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग आज पोखरामा भएको भेटमा उनले केही समय यता राजनीतिक परिस्थिति फेरिएकाले जनताले काम र राजनीतिक पारदर्शीकता खोजिरहेका बताए ।

“राजनीाितक इमान्दारिता आजको आवश्यकता हो । जनताले पनि पारदर्शी रुपमा काम गर्ने नेता र पार्टीलाई विश्वास गर्छन् । निष्ठाको राजनीति गर्न कठिन भए पनि राजनीतिक दलहरु जनता केन्द्रित हुनुको विकल्प छैन”, नेता सिंहले भने, “विसं २०१७ मा निष्ठाको राजनीति गरेकाले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराई अहिले पनि जनताले स्मरणमा स्वच्छ नेताको रुपमा चिनिँदै आएका छन् ।” नेपाली कांग्रेसले अब आफ्नो नीतिमा सुधार गर्दै जनता केन्द्रित राजनीति गर्न जरुरी रहेको उनको भनाइ रहेको थियो ।

त्यस्तै, इमान्दार भएर जनताका काम नगर्ने हो भने अब कुनैपनि राजनीाितक दलको भविष्य नरहने बताउँदै समयअनुसार दलहरु पनि परिवर्तन हुन जरुरी रहेको नेता सिंहले बताए । “नेपाली कांग्रेसलाई देशकै ठूलो पार्टीको रुपमा स्थापित गर्न युवा तथा निष्ठावान नेताको खोजी गर्न जरुरी छ”, उनले भने, “लोकतन्त्रमाथि आक्रमण भइरहेको बेला लोकतान्त्रिक पार्टी एक जुट भई यो व्यवस्थालाई मजबुद बनाउनु पर्दछ ।”

कांग्रेसलाई बलियो बनाउन विधान अनुसार पार्टी चल्नुपर्ने भन्दै सङ्गठन पनि सोहीअनुसार विस्तार गर्नुपर्नेमा नेता सिंहले जोड समेत दिएका छन् । प्रजातन्त्र तथा लोकतन्त्र ल्याउनमा कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले लोकतन्त्रलाई बचाइ राख्ने दायित्व पनि कांग्रेसको काँधमा आएको बताए ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई बलियो बनाउन राजनीतिक दल जनताप्रति इमान्दार हुनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?