Trending
>>   विवाहपञ्चमीको निम्तो दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान >>   नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पूर्वानुमानयोग्यता र पारदर्शी कानून आवश्यकः अमेरिकी दुतावास >>   निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल >>   महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा >>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल
Logo
१३ मंसिर २०८३, आईतवार
१३ मंसिर २०८३, आईतवार

सन्तलालको कथामा ‘कथा भित्रका कथाहरू’


काठमाडौं।  सन्तलाल चेपाङको वास्तविक जीवनीमा आधारित रहेर वृत्तचित्र ‘कथा भित्रका कथाहरू’ तयार गरिएको छ ।
कुनै समय सङगीतिक श्रव्यदृश्य निर्देशनमा व्यस्त रहनुभएका दीपेन्द्र केसीले यसलाई तयार गरेका हुन् । उनले अहिले पनि चेपाङ समुदाय जङ्गलमै बस्नुको कारण र एक परिवारको कथालाई वृत्तचित्रमार्फत भन्न खोजेको जानकारी दिए ।
“अहिले पनि चेपाङ समुदायलाई जङ्गल नै प्यारो छ, म छायाङ्कनका लागि त्यहाँ पुगेपछि उनीहरूको छुट्टै संसार र जीवनसँग जानकार भए, यसलाई विश्वले हेर्नुपर्छ भन्ने उद्देश्यले वृत्तचित्र तयार गरेको हुँँ”, निर्देशक केसीले भने । चेपाङका बारेमा कमै कथा भेटेपछि वृत्तचित्र तयार गर्ने सोच बनाएका निर्देशक केसीलाई मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णुबहादुर प्रजाले नयाँबस्तीसम्म पु¥याए ।
“त्यहाँ पुगेपछि मैले धेरै कथा भेटेँ, ती मध्येका एक सन्तलाललाई भेटँे, मैले उहाँकै कथा किन देखाउँदैछु भन्ने बुझ्न वृत्तचित्र नै हेर्नुपर्छ”, निर्देशक केसीले भने, “मेरो उदेश्य उहाँको कथा देखाउनु मात्र नभइ जीविकोपार्जनमा परिवर्तन ल्याउनु पनि हो, उक्त समुदायले बाँचिरहेको जीवन हाम्रो कल्पनाभन्दा बाहिर छ ।”
निर्देशक केसीले वृत्तचित्र तयारका लागि झन्डै दुई वर्ष खर्चिए । उक्त समय अनुसन्धानसँगै कसरी प्रस्तुत गर्ने भन्ने तयारी भयो । “मैले छायाङ्कन  लगभग तीन साताको समयमा गरँे, त्यसैले गर्दा पनि मलाई समय लाग्यो, त्यो बीचमा म उहाँहरूसँग नजिक हुन पाएँ, मैले बुझेको उनीहरूका भोगाइलाई शब्दमा व्यक्त गर्न सक्दिन”, निर्देशक केसीले भने ।
निर्देशक केसीले उक्त वृत्तचित्र चाँडै प्रदर्शन गरिने बताए । चलचित्रसम्बन्धी अध्ययन गराइने ओस्कार कलेजमा शिक्षा लिएपछि निर्देशक केसी वृतचित्र निर्देशनमा लागे । उनको चर्चित सङ्गीतिक श्रव्यदृश्य गायक नवीन के भट्टराईको ‘अलिकत पीडा’, डम्बर नेपालीको ‘टाढा नलैजाउ’, हिमाल सागरको ‘मैले सोचे तिमीलाई’ लगायत छन् ।

प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?