Trending
>>   एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको चहलपहल >>   गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग >>   १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   सुडानस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ड्रोन आक्रमणः ६ शान्ति सैनिकको मृत्यु >>   ‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन >>   लुम्बिनीको शान्त र मनमोहक सुन्दरता (फोटो फिचर) >>   थाइल्याण्डसँगको द्वन्द्वसँगै ३ लाख कम्बोडियालीले बासस्थान छोडे >>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

आजदेखि काठमाडौंको टुँडिखेलमा माघी महोत्सव शुरु


काठमाडौं। आजदेखि काठमाडौंको टुँडिखेलमा माघी महोत्सव शुरु हुँदै छ । आज र भोलि दुई दिने महोत्सव हुने थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

त्यस्तै, माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि औपचारिक उद्घाटन गर्ने कार्यक्रम भएपनि आजैदेखि महोत्सव हुने आयोजकले जनाएको छ।

यस वर्ष ‘थारु संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघि महोत्सव गर्न लागिएको छ।

उक्त महोत्सव अन्तरगत आज टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ भने दुइदिने महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, मुग्रंहवालगायत प्रस्तुतहुने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिएका छन्।

त्यसैगरी, २० भन्दा बढी थारु संघ-संस्थाहरुको संयुक्त आयोजनामा हुने महोत्सवमा थारु खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायत करिब १०० भन्दा बढी स्टल रहनेछन्।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?