Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

आजदेखि काठमाडौंको टुँडिखेलमा माघी महोत्सव शुरु


काठमाडौं। आजदेखि काठमाडौंको टुँडिखेलमा माघी महोत्सव शुरु हुँदै छ । आज र भोलि दुई दिने महोत्सव हुने थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

त्यस्तै, माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि औपचारिक उद्घाटन गर्ने कार्यक्रम भएपनि आजैदेखि महोत्सव हुने आयोजकले जनाएको छ।

यस वर्ष ‘थारु संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघि महोत्सव गर्न लागिएको छ।

उक्त महोत्सव अन्तरगत आज टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ भने दुइदिने महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, मुग्रंहवालगायत प्रस्तुतहुने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिएका छन्।

त्यसैगरी, २० भन्दा बढी थारु संघ-संस्थाहरुको संयुक्त आयोजनामा हुने महोत्सवमा थारु खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायत करिब १०० भन्दा बढी स्टल रहनेछन्।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?