Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

सन् २०२४ मा पर्दामा देखिने छैनन् यी स्टार


मुम्बई। सन् २०२३ बलिउडका लागि जबरजस्त रह्यो । शाहरुख खान, सलमान खान, रणवीर कपुर, सनी देवल, रणवीर सिंहका फिल्मले बक्सअफिसमा सफलताको कथा लेखे । उनीहरुले केही पुराना रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएका छन् ।

सन् २०२४ मा पनि बलिउडका केही फिल्मबाट बक्सअफिसमा सफलताको आशा छ । सन् २०२३ को झैँ बक्सअफिसमा नयाँ रेकर्ड कोर्ने सम्भावित फिल्मको आङ्कलन सुरु भइसकेको छ, तर बलिउडका केही स्टारलाई सम्भवतः २०२४ मा दर्शकले पर्दामा हेर्न पाउने छैनन् । किनकि उनीहरूको हातमा फिल्मको लाइनअप छैन ।

उक्त फिल्म ‘डंकी’ले राम्रो प्रदर्शन त गर्न सकेन, तर बक्सअफिसमा अझै टिकिरहेको छ भने उनको नयाँ फिल्म के हुनेछ भन्ने अहिलेसम्म घोषणा गरिएको छैन । यो अवस्थामा सम्भवतः शाहरुख सन् २०२४ मा कुनै पनि फिल्ममा देखिने छैनन् भने उनको आगामी फिल्म ‘टाइगर भर्सेज पठान’ हो ।

शाहरुख खानः सन् २०२३ शाहरुख खानका लागि सम्झिने वर्षका रूपमा स्थापित भएको भयो । यो वर्षका उनका तीन फिल्म रिलिज भए । ‘पठान’ र ‘जवान’ले त १ हजार करोड क्लबमा आफूलाई दर्ता गराए ।

त्यस्तै, सलमान खानः अभिनेता सलमानको अवस्था पनि शाहरुखकै जस्तो छ । सन् २०२३ मा उनका दुई फिल्म ‘किसीका भाई किसीका जान’ र ‘टाइगर ३’ रिलिज भए । पहिलो फिल्म खासै सफल भएन । ‘टाइगर ३’ले बक्सअफिसमा औषत मात्र व्यापार ग¥यो । ‘टाइगर भर्सेज पठान’का अलावा सलमानको अर्को फिल्म ‘द बुल’ हो । जसको निर्माण करण जोहारले गर्दैछन् । यो फिल्म सन् २०२५ मा मात्र रिलिज हुने बताइएको छ ।

रणवीर कपूरः सन् २०२३ मा रणवीरले आफ्नो करियरकै सबैभन्दा ठुलो सफलता पाए । ‘तु झुठी मे मक्कार’ र ‘एनिमल’को बक्सअफिस सफलताले उनलाई बलिउडका सबैभन्दा भरोसायोग्य अभिनेताका रूपमा स्थापित गरायो ।

रणवीरका धेरै फिल्म अहिले घुमिरहेका छन्, जुन अगाडि रिलिज हुन्छ भन्ने टुङ्गो लागिसकेको छैन । रणवीरको आगामी फिल्म कुन हुनेछ भन्नेसमेत निक्यौल हुन सकेको छैन । उनी ‘एनिमल’ पछि ‘रामायण’को सुटिङ गर्नेछन् । उनीसँग ‘एनिमल पार्क’ र ‘ब्रह्मास्त्र २’ पनि पाइपलाइनमा छन्र तर यी फिल्म रिलिज हुन केही समय लाग्नेछ ।

इमरान हाशमीः ‘टाइगर ३’ मा आतिश रहमान बनेर सलमानसँग द्वन्द्व गरेपछि इमरान हाशमीको आगामी प्रोजेक्टबारे नयाँ जानकारी केही बाहिर आएको छैन । तेलुगू फिल्म ‘ओजी’मा इमरानको अभिनय रहे पनि यो फिल्म कहिले रिलिज हुने भन्ने टुङ्गो छैन ।

अभिषेक बच्चनः अभिषेकका लागि सन् २०२३ सुखद हुन सकेन । सन् २०२३ मा उनको एकैमात्र फिल्म ‘घुमर’ रिलिज भयो । यो फिल्म थिएटरमा फेल भए पनि ओटिटीमा भने पास भयो । अभिषेकको हातमा सन् २०२४ मा कुनै फिल्म वा वेब सिरिज छैन ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?