Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

आज राष्ट्रिय भक्का दिवस, झापाका तीन स्थानीय तहमा सार्वजनिक विदा


झापा। आज राष्ट्रिय भक्का दिवस, सुदूरपूर्वको झापाका भद्रपुर र बिर्तामोड नगरपालिका क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रमहरू गरी विशेषरुपमा मनाइदै छ ।

दिवसको सन्दर्भमा यहाँका तीन वटा स्थानीय तहले सार्वजनिक विदा समेत दिएका छन् भने भक्का यहाँका आदिवासी राजवंशी समुदायको जाति विशेष परिकार हो । उनीहरू यसलाई भाका भन्ने गर्दछन् । २०७४ मा कोचिला गाभुर फ्रन्ट नामक संस्थाले पुस २९ लाई राष्ट्रिय भक्का दिवसकोरुपमा मनाउने घोषणा गरेयता हरेक वर्ष झापामा यो दिवस मनाउने गरिएको छ ।

भद्रपुर नगरपालिका तथा हल्दीबारी र कचनकवल गाउँपालिकाले यो दिवसको सन्दर्भ पारेर स्थानीय विदा समेत दिएका छन् । उक्त दिवसमा भक्काका विभिन्न परिकार बनाउने र विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउने गरिएको छ । ठाउँ–ठाउँमा विभिन्न खेलकूद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिएका छन् ।

आइतबार राजवंशी समाज विकास समितिले बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भक्का दिवस विशेष कार्यक्रम गर्दैछ, सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समेत सहभागी हुँदैछन् ।

त्यस्तै, राजवंशीहरुको विशेष परिकार भएपनि जाडोयाम सुरु भएसँगै चोक–चोकमा बिहान बेलुका भक्का बनाएर बेच्ने चलन छ ।  चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार खाजाको रुपमा खाने चलन बसेको छ ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?