Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

आज राष्ट्रिय भक्का दिवस, झापाका तीन स्थानीय तहमा सार्वजनिक विदा


झापा। आज राष्ट्रिय भक्का दिवस, सुदूरपूर्वको झापाका भद्रपुर र बिर्तामोड नगरपालिका क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रमहरू गरी विशेषरुपमा मनाइदै छ ।

दिवसको सन्दर्भमा यहाँका तीन वटा स्थानीय तहले सार्वजनिक विदा समेत दिएका छन् भने भक्का यहाँका आदिवासी राजवंशी समुदायको जाति विशेष परिकार हो । उनीहरू यसलाई भाका भन्ने गर्दछन् । २०७४ मा कोचिला गाभुर फ्रन्ट नामक संस्थाले पुस २९ लाई राष्ट्रिय भक्का दिवसकोरुपमा मनाउने घोषणा गरेयता हरेक वर्ष झापामा यो दिवस मनाउने गरिएको छ ।

भद्रपुर नगरपालिका तथा हल्दीबारी र कचनकवल गाउँपालिकाले यो दिवसको सन्दर्भ पारेर स्थानीय विदा समेत दिएका छन् । उक्त दिवसमा भक्काका विभिन्न परिकार बनाउने र विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउने गरिएको छ । ठाउँ–ठाउँमा विभिन्न खेलकूद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिएका छन् ।

आइतबार राजवंशी समाज विकास समितिले बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भक्का दिवस विशेष कार्यक्रम गर्दैछ, सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समेत सहभागी हुँदैछन् ।

त्यस्तै, राजवंशीहरुको विशेष परिकार भएपनि जाडोयाम सुरु भएसँगै चोक–चोकमा बिहान बेलुका भक्का बनाएर बेच्ने चलन छ ।  चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार खाजाको रुपमा खाने चलन बसेको छ ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?