Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

लगानी प्रवर्द्धन  गर्न कोपेनहेगनमा प्रवर्द्धनात्मक कार्यक्रम


काठमाडौँ।  नेपाली राजदूतावास डेनमार्कद्वारा नेपाल प्रवर्द्धन र विशेष गरी पर्यटन तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार डेनमार्कको राजधानी कोपेनहेगनमा एक प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गरियो ।
आर्थिक कूटनीतिअन्तर्गत आयोजित उक्त कार्यक्रममा पर्यटन तथा अन्य व्यवसायी, पत्रकार, सरकारी पदाधिकारीलगायत विभिन्न क्षेत्रमा कार्यरत करिब एक सय ३० डेनिस नागरिकसहित विभिन्न सङ्घ संस्थाका पदाधिकारी, व्यवसायी नेपाली तथा अन्य गरी एक सय ६० जनाको उपस्थिति थियो ।
डेनमार्कका लागि नेपाली राजदूत प्रा डा राम स्वार्थ रायद्वारा उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपाली मौलिक लोकनृत्य, गुरुङ तथा मगर नृत्य प्रस्तुत गरिएको थियो भने नेपाली बाजा समूह डेनमार्कद्वारा नेपाली लोक भाकामा पञ्चैबाजा प्रस्तुत गरिएको थियो ।
त्यस अवसरमा राजदूत रायले नेपालको वर्तमान अवस्थाको सङ्क्षिप्त चर्चा गर्दै  नेपालको पर्यटन र लगानीका क्षेत्रबारे जानकारी दिएका  थिए  ।
यो कार्यक्रमबाट नेपाली पर्यटनको विकास तथा लगानी प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास कोपेनहेगनस्थित नेपाली दूतावासले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।

प्रकाशित मिति: २८ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?