Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु


विराटनगर। यात्रुबाहक सवारी साधन हायसको ठक्करले उदयपुरको त्रियुगा नगरपालिका-८ मा एक साइकल यात्रीको मृत्यु भएको छ ।

मदन भण्डारी राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र-१-०५-००१ ज ००३५ नम्बरको हायसले विपरीत दिशाबाट गइरहेको गरेको साइकललाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार ठक्करपछि सिकिस्त घाइते भएका साइकल यात्री उदयपुरकै रौतामाई गाउँपालिका-७ का ३८ वर्षीय तुलसी मङरातीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका-१० का ४५ वर्षीय किश्वर पाण्डेलाई गाडीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?