Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

आज शेयर बजार घट्यो


काठमाडौं। शेयर बजार आज  घटेको छ । त्यस्तै, शेयर बजार परिसूचक नेप्से आज ०.६२ अङ्कले घटेर नेप्से २०८८.९९ को विन्दुमा झरेको हो ।

आज दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर चार अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

१२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर छ भने १३ मध्ये चार उपसमूहको मात्र समूहगत सूचक बढेको छ ।

६ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?