Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु


काठमाडौं। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको छ।

बुधबार साँझ ७ बजे मोहन्याल गाउँपालिका-७ को कुइने-चिसापानी सडक खण्डअन्तर्गत पितमारीमा भे१३प १०७४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । उक्त मोटरसाइकलमा सवार अछामको पञ्चदेवल विनायक नगरपालिका-१ कुइकाका ३८ वर्षीय खगेन्द्र ढकाल र ३४ वर्षीया महेश्वरी तिमिल्सीना ढकालको मृत्यु भएको हो।

मोटरसाइकलसहित उनीहरूलाई सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको अवस्थामा प्रहरी उद्धार गरेको थियो भने उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा दुर्घटनामा परेको हो ।

नदीबाट उनीहरूको शव मोटर बोटको सहायताले निकालिएको थियो भने मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?