Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

इजरायली हवाई आक्रमणमा थप ९० प्यालेस्टाइनीको मृत्यु


काठमाडौं। गाजामा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परि थप ९० जनाको मृत्यु भएको छ । बुधबार इजरायलले गरेका दुई अलग-अलग हवाई आक्रमणहरूमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

त्यस्तै, भवन ध्वस्त भएको छ र ५८ जनाको मृत्यु भएको छ । धेरै मानिसहरुआक्रमणमा परि कयौं घाइते भएका छन् । इजिप्टको सिमानामा रहेको रफाहमा रहेको एउटा भवन पनि इजरायली आक्रमणबाट ध्वस्त भएको थियो भने उद्धारकर्मीहरूले भग्नावशेषबाट १५ जनाको शव निकालेका छन् ।

सिन्ह्वा समाचार एजेन्सीको रिपोर्ट अनुसार, गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको केन्द्रमा रहेको आवासीय क्षेत्रमा बमबारी गरेको गरेको जनाएको छ । उक्त आक्रमणमा भौतिक क्षति हुनुका साथै ५८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, गाजाको स्वास्थ्य मन्त्रालयले दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजरायली आक्रमणमा १४ जनाको मृत्यु भएको बताएको छ भने गाजाको जबलिया सहरमा रहेको एउटा घरको भग्नावशेषबाट नागरिक रक्षा टोलीले पाँच जनाको शव र दर्जनौं घाइतेलाई निकालेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा इजरायलले सुरु गरेको युद्धमा अहिलेसम्म २३ हजार प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ । त्यस्तै, ५० हजारभन्दा बढी घाइते भएका छन् । यी सङ्ख्यामध्ये आधाभन्दा बढी बालबालिका र महिला छन् ।

गाजा पट्टीमा पनि ठूलो संख्यामा विस्थापन भइरहेको छ भने गाजाका करिब २३ लाख जनसङ्ख्याको ८० प्रतिशतभन्दा बढीले सुरक्षित स्थानमा शरण लिनु परेको छ । यो लडाई इजरायलमा अक्टोबर ७ मा हमासको हमलापछि सुरु भएको हो । यस हमलामा करिब १२०० जनाको मृत्यु भएको थियो ।

त्यस्तै, इजरायलले गाजा पट्टीमा लगातार बम वर्षा गरिरहेको छ भने इजरायलले हमासलाई लक्षित गरी हमला गरिरहेको र यसलाई पूर्ण रूपमा ध्वस्त गरेर मात्र युद्ध रोक्ने बताएको छ । अर्कोतर्फ, हमासले इजरायलले गाजाका आवासीय भवन, विद्यालय र अस्पताललाई लगातार निशाना बनाएको जनाएको छ ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?