Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

इजरायली हवाई आक्रमणमा थप ९० प्यालेस्टाइनीको मृत्यु


काठमाडौं। गाजामा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परि थप ९० जनाको मृत्यु भएको छ । बुधबार इजरायलले गरेका दुई अलग-अलग हवाई आक्रमणहरूमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

त्यस्तै, भवन ध्वस्त भएको छ र ५८ जनाको मृत्यु भएको छ । धेरै मानिसहरुआक्रमणमा परि कयौं घाइते भएका छन् । इजिप्टको सिमानामा रहेको रफाहमा रहेको एउटा भवन पनि इजरायली आक्रमणबाट ध्वस्त भएको थियो भने उद्धारकर्मीहरूले भग्नावशेषबाट १५ जनाको शव निकालेका छन् ।

सिन्ह्वा समाचार एजेन्सीको रिपोर्ट अनुसार, गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको केन्द्रमा रहेको आवासीय क्षेत्रमा बमबारी गरेको गरेको जनाएको छ । उक्त आक्रमणमा भौतिक क्षति हुनुका साथै ५८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, गाजाको स्वास्थ्य मन्त्रालयले दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजरायली आक्रमणमा १४ जनाको मृत्यु भएको बताएको छ भने गाजाको जबलिया सहरमा रहेको एउटा घरको भग्नावशेषबाट नागरिक रक्षा टोलीले पाँच जनाको शव र दर्जनौं घाइतेलाई निकालेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा इजरायलले सुरु गरेको युद्धमा अहिलेसम्म २३ हजार प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ । त्यस्तै, ५० हजारभन्दा बढी घाइते भएका छन् । यी सङ्ख्यामध्ये आधाभन्दा बढी बालबालिका र महिला छन् ।

गाजा पट्टीमा पनि ठूलो संख्यामा विस्थापन भइरहेको छ भने गाजाका करिब २३ लाख जनसङ्ख्याको ८० प्रतिशतभन्दा बढीले सुरक्षित स्थानमा शरण लिनु परेको छ । यो लडाई इजरायलमा अक्टोबर ७ मा हमासको हमलापछि सुरु भएको हो । यस हमलामा करिब १२०० जनाको मृत्यु भएको थियो ।

त्यस्तै, इजरायलले गाजा पट्टीमा लगातार बम वर्षा गरिरहेको छ भने इजरायलले हमासलाई लक्षित गरी हमला गरिरहेको र यसलाई पूर्ण रूपमा ध्वस्त गरेर मात्र युद्ध रोक्ने बताएको छ । अर्कोतर्फ, हमासले इजरायलले गाजाका आवासीय भवन, विद्यालय र अस्पताललाई लगातार निशाना बनाएको जनाएको छ ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?