Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

अनलाइनमा जुवा खेलाउने तीन जना पक्राउ


काठमाडौं। अनलाइनमार्फत जुवा खेलाउँदै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिक-१ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ताराप्रकाश साँवाको छोरा २५ वर्षीय पुजन साँवा, सर्लाहीको बागमती घर भई हाल अनामनगर बस्ने नवराज कार्कीको छोरा २१ वर्षीय निशानराज कार्की र सर्लाही बरहथवा घर भई हाल भक्तपुरको सुर्यविनायक बस्ने नारायण गौतमको छोरा २५ वर्षीय निशान गौतम रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पाण्डा जस्ता एप्लिकेसनमार्फत् अनलाइनमा बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई अनलाइनमार्फत जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा तीन जनालाई पक्राउ गरेको हो ।

उनका अनुसार पुजन, निशानराज र निशानले अनलाइनका विभिन्न एपहरूमार्फत हारजित हुने र आम्दानी हुने भन्दै सट्टेबाजी गराई खेल खेलाउने गरेका थिए । प्रहरीले त्यस्तो कार्यमा प्रयोग हुँदै आएको ल्यापटप र मोबाइलसमेत उनीहरूबाट बरामद गरेको छ ।

उनीहरूलाई पक्राउपछि बुधबार नै थप कारबाहीकालागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

 


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?