Trending
>>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

मिडल्सब्रगसँग चेल्सी १–० गोल अन्तरले पराजित


काठमाडौं। लिग कप (कारबाओ) को सेमिफाइनलको पहिलो लेगमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी मिडल्सब्रगसँग १-० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा मिडल्सब्रगले गरेको १ मात्र गोल नै निर्णायक भयो भने उसका लागि हेडन ह्याक्नीले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै मिडल्सब्रगले पहिला लेगमा जित निकाल्न सफल भयो ।

त्यस्तै, बराबरी वा हारले भने चेल्सीको फाइनल खेल्ने सपना साकार हुने छैन । उता, मिडल्सब्रगले भने बराबरी वा जितले फाइनल पुग्ने छ । दोस्रो खेल २४ तारिखमा हुनेछ भने  अब दोस्रो लेगको खेल जनवरी २४ मा हुनेछ । उक्त खेलमा कम्तिमा चेल्सीले २-० को जित निकाल्दा मात्रै फाइनल पुग्छ ।

सेमिफाइनल अन्तर्गतकै अर्को खेलमा आज फुलह्याम र लिभरपुल खेल्ने छन् ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?