Trending
>>   वातावरणमैत्री विकास आवश्यक छः सांसद बस्नेत >>   ऋतु पत्रिका ‘डाँफेचरी’को पुनः प्रकाशन >>   लामिन यामालले बार्सिलोनासँग २०३१ सम्मको सम्झौता गरे >>   गाजामा सहायता केन्द्रमा भएको आक्रमणबाट २१ जनाको मृत्यु >>   कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह >>   पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृत्यु, २२७ जना घाइते >>   वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल >>   इराकको हाइपरमार्केटमा आगलागीः ६१ जनाको मृत्यु >>   दक्षिण कोरियामा मुसलधारे वर्षाबाट २ जनाको मृत्यु >>   पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

मिडल्सब्रगसँग चेल्सी १–० गोल अन्तरले पराजित


काठमाडौं। लिग कप (कारबाओ) को सेमिफाइनलको पहिलो लेगमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी मिडल्सब्रगसँग १-० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा मिडल्सब्रगले गरेको १ मात्र गोल नै निर्णायक भयो भने उसका लागि हेडन ह्याक्नीले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै मिडल्सब्रगले पहिला लेगमा जित निकाल्न सफल भयो ।

त्यस्तै, बराबरी वा हारले भने चेल्सीको फाइनल खेल्ने सपना साकार हुने छैन । उता, मिडल्सब्रगले भने बराबरी वा जितले फाइनल पुग्ने छ । दोस्रो खेल २४ तारिखमा हुनेछ भने  अब दोस्रो लेगको खेल जनवरी २४ मा हुनेछ । उक्त खेलमा कम्तिमा चेल्सीले २-० को जित निकाल्दा मात्रै फाइनल पुग्छ ।

सेमिफाइनल अन्तर्गतकै अर्को खेलमा आज फुलह्याम र लिभरपुल खेल्ने छन् ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?