Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

ठमेलमा कला प्रदर्शनी सुरु


काठमाडौँ, २७ फागुन। काठमाडौँको ठमेलमा कला प्रदर्शनी सुरु भएको छ । सोसाइटी फर स्ट्रिट चिल्ड्रेन इन नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित काठमाडौँ ईको होटलमा छ दिने कला प्रदर्शनी सुरु भएको हो ।

कला प्रदर्शनीको शुभारम्भ गर्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले यसलाई विश्वमाझ प्रचारप्रसार गर्नसके नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले नयाँ बालबालिकालाई कला प्रतियोगितामा भाग लिएर उत्कृष्ट कला प्रदर्शन गर्न आग्रह गरे ।

सन् २०१० देखि सडक बालबालिका र अन्य क्षेत्रका बालबालिकालाई संरक्षण गर्दै आएको संस्था सोसाइटी फर स्ट्रिट चिल्ड्रेन इन नेपालकी सञ्चालक ईभा होल्मवर्ग टेडेटले संरक्षित बालबालिकामा रहेका कलासम्बन्धी ज्ञानलाई उजागर गर्न कला प्रदर्शनी गरिएको जानकारी दिइन। विगत १३ वर्षमा चार सयभन्दा बढी सडक बालबालिका र अन्य क्षेत्रका बालबालिकालाई संरक्षण गरिसकेको सो संस्थाले अहिले ५५ बालबालिकालाई संरक्षण गरिरहेको अध्यक्ष टेडेटले बताए।

उक्त संस्थाले भूकम्पको समयमा नुवाकोट, सिन्धुपाल्चोक, धादिङलगायतका जिल्लामा भत्किएका विद्यालयको पुनःनिर्माण, विभिन्न जिल्लामा मौरीपालन, बाख्रा वितरण, महिला हिंशा न्यूनीकरणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । छ दिनसम्म चल्ने कला प्रदर्शनीमा सात बालबालिकाले बनाएका २८ कला प्रदर्शनीमा राखिएको काठमाडौँ ईको होटलका महाप्रबन्धक सहदेव (विमल) धमलाले जानकारी दिए । उनले बालबालिकालाई कलाप्रति आकर्षण जगाउन उक्त प्रदर्शनी आयोजना गरिएको बताए ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?