Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

प्रहरी समायोजनपछिको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन


मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रहरी समायोजनापछिको तयारीका लागि जुट्न निर्देशन दिएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आज अनुगमन गर्दै उनले सङ्घीय सरकारले प्रदेश सरकारलार्ई प्रहरी समायोजन गरी हस्तान्तरण गर्न लागेकाले यस सम्बन्धमा आवश्यक तयारी गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन भएपछि त्यसको सञ्चालन, सरूवा तथा बढुवाको विधि निर्माण गर्न पूर्वतयारीमा जुट्नुपर्ने आवश्यक्ता औँल्याए । “जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा जोडिएको यस मन्त्रालयले जनतालाई महसुस हुने गरी काम गर्नुपर्छ”, उनले भने।

मुख्यमन्त्री कार्कीले बजेट पूर्णरुपमा कार्यान्वयन गरेमा मात्र जनतासमक्ष सरकार पुगेको महसुस हुने बताए । “ट्राफिक सप्ताह होइन, प्रत्येक दिन ट्राफिक अभियान चलाउन र सडकमा जडान गरिएका सिसी क्यामेराको प्रभावकारीरुपमा अनुगमन गर्नुपर्छ”, मुख्यमन्त्री कार्कीले भने ।

सो अवसरमा मन्त्रालयका कर्मचारीले प्रदेशका १४ जिल्लामध्ये नौ जिल्लाको नक्शाङ्कन एकीकृत गर्ने काम भइरहेको र बाँकी जिल्लाको कार्य चाँडै सम्पन्न गरिने मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?