Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

अर्थमन्त्री डा. महत भारत प्रस्थान


काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महत भारत गएका छन् । उनी आज ११ बजे भिस्तारा एयरको उडानबाट नयाँ दिल्ली गएका हुन् । दिल्लीबाट उनी गुजरात जानेछन् ।

यही पुस २५ देखि २७ गते (जनवरी १० देखि १२ तारिख) सम्म गुजरातस्थित गान्धीनगरमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट (भीजीजीएस) मा नेपालको प्रतिनिधित्व गर्दै डा। महत त्यता गएका हुन् ।

डा. महतका प्रेस सल्लाहकार प्रकाश थापाका अनुसार डा. महतले समिटमा आफ्नो विशेष प्रश्तुती दिने र भारतीय उद्योगीहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनी शुक्रबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, १०औँ संस्करणको समिटमा विदेशी लगानीकर्ता र उद्योगीलाई गुजरातमा लगानीका लागि प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । सन् २००३ देखि प्रत्येक दुई-दुई वर्षमा आयोजना हुँदै आएको समिट यस पटक चार वर्षपछि आयोजना हुन लागेको हो ।

यस अघि सन् २०२२ को जनवरी १० देखि १२ सम्म समिट आयोजना हुने तय भएकामा कोभिड १९ महामारीका कारण स्थगित भएको थियो ।समिटको पूर्वसन्ध्यामा भारतले नेपाललाई साझेदार देश भन्दै स्वागत गरेको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणलगत्तै डा. महतको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?