Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

अर्थमन्त्री डा. महत भारत प्रस्थान


काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महत भारत गएका छन् । उनी आज ११ बजे भिस्तारा एयरको उडानबाट नयाँ दिल्ली गएका हुन् । दिल्लीबाट उनी गुजरात जानेछन् ।

यही पुस २५ देखि २७ गते (जनवरी १० देखि १२ तारिख) सम्म गुजरातस्थित गान्धीनगरमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट (भीजीजीएस) मा नेपालको प्रतिनिधित्व गर्दै डा। महत त्यता गएका हुन् ।

डा. महतका प्रेस सल्लाहकार प्रकाश थापाका अनुसार डा. महतले समिटमा आफ्नो विशेष प्रश्तुती दिने र भारतीय उद्योगीहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनी शुक्रबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, १०औँ संस्करणको समिटमा विदेशी लगानीकर्ता र उद्योगीलाई गुजरातमा लगानीका लागि प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । सन् २००३ देखि प्रत्येक दुई-दुई वर्षमा आयोजना हुँदै आएको समिट यस पटक चार वर्षपछि आयोजना हुन लागेको हो ।

यस अघि सन् २०२२ को जनवरी १० देखि १२ सम्म समिट आयोजना हुने तय भएकामा कोभिड १९ महामारीका कारण स्थगित भएको थियो ।समिटको पूर्वसन्ध्यामा भारतले नेपाललाई साझेदार देश भन्दै स्वागत गरेको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणलगत्तै डा. महतको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?