Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

एघार करोड खर्चेर चैनपुरमा खानेपानी


भोजपुर। सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा रु ११ करोड ११ लाख खर्चेर सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना निर्माण गरिएको छ । उक्त आयोजनाबाट एक सय १८ परिवार लाभान्वित भएका छन् ।

गत असारमा आएको बाढीले आयोजनामा क्षति पु¥याएको थियो भने मर्मतपछि आयोजना पुनःसञ्चालनमा आएको हो । बाढीले आयोजनाको मुहानस्थल बगाएको थियो । त्यस्तै, मुहान बथाएपछि यहाँका तीन सय १८ परिवार पानीको समस्या भोग्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले मुहानस्थल पुनः निर्माण गरेको हो । उक्त आयोजनाका अध्यक्ष उद्धवराज त्रितालका अनुसार अहिले स्थानीयको घरमा पाइप जडान गरिएको छ ।

“केही दिनभित्र सबैको घरमा खानेपानी उपलब्ध हुन्छ”, उहाँले भन्नुभयो । बाढीले आयोजनामा क्षति पुगेपछि स्थानीयले खानेपानीका लागि सास्ती बेहोर्दैआएका थिए । झण्डै पाँच महिनापछि यहाँका बासिन्दाले खानेपानीको सुविधा उपभोग गर्न पाएका हुन् ।

उक्त आयोजनाको काम सम्पन्न भइसकेको छ, चाँडै उपभोक्ता समितिलाई हस्तान्तरण गर्छौँ”, डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले भने । आर्थिक वर्ष २०७५/७६ मा आयोजना निर्माण कार्य अघि बढेको थियो ।


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?