Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

स्वदेशी उत्पादन प्रयोग गर्न मन्त्री गुरुङको आग्रह


काठमाडौं। सहरी विकासमन्त्री सीता गुरुङले स्वदेशी वस्तु तथा सेवाको प्रवर्द्धनका लागि नेपालभित्रकै उत्पादन प्रयोगमा जोड दिनुपर्ने बताएकी छन् ।

आज भृकुटीमण्डपमा आयोजित ‘नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी’ अवलोकनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै मन्त्री गुरुङ्गले नेपालको उत्पादनलाई प्रवर्द्धन गर्ने नीति सरकारले लिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन नसकेको बताइन् ।

“सकेसम्म नेपालमै उत्पादित वस्तु प्रयोग गर्नुपर्ने नीति सरकारले बनाएको छ, तर त्यसको कार्यान्वयनको प्रभावकारिता देखिँदैन”, उनले भने, “हामीले चाहने हो भने असम्भव केही छैन । नेपालमै उत्पादित काष्ठजन्य वस्तुलाई प्रोत्साहन गर्न र प्रतिस्पर्धी बनाउन सरकारका तर्फबाट पनि सहुलियतलगायतका व्यवस्था हुन आवश्यक छ ।”

सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका, २०७१ जारी भएयता सार्वजनिक निकायले आफूले उपयोग गर्ने वस्तु स्वदेशभित्रै उत्पादित हुनुपर्ने व्यवस्था छ भने स्वदेशी उद्योग तथा व्यवसायको प्रवद्र्धनका लागि यस्तो निर्देशिका ल्याइएको भए पनि त्यसको कार्यान्वयनमा भने समस्या रहेको उनको भनाइ रहेको छ ।

नेपालमा उत्पादित वस्तुको विश्वसनीयता कम हुने र विदेशी वस्तु भन्नेबित्तिकै राम्रो गुणस्तरको हुन्छ भन्ने भ्रम पनि आममानिसमा रहेको पनि मन्त्री गुरुङले बताइन् । नेपालमा उत्पादित वस्तु तथा सेवा पनि गुणस्तरीय र मूल्यमा समेत प्रतिस्पर्धी रहेको उनको भनाइ रहेको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि र भारतको फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सले आयोजना गरेको प्रदर्शनी आइतबारसम्म चल्नेछ । उक्त प्रदर्शनीमा काठबाट निर्मित सामग्री, भवनको आन्तरिक साजसज्जाका सामग्रीलगायत वस्तु राखिएका छन् ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?