Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

स्वदेशी उत्पादन प्रयोग गर्न मन्त्री गुरुङको आग्रह


काठमाडौं। सहरी विकासमन्त्री सीता गुरुङले स्वदेशी वस्तु तथा सेवाको प्रवर्द्धनका लागि नेपालभित्रकै उत्पादन प्रयोगमा जोड दिनुपर्ने बताएकी छन् ।

आज भृकुटीमण्डपमा आयोजित ‘नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी’ अवलोकनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै मन्त्री गुरुङ्गले नेपालको उत्पादनलाई प्रवर्द्धन गर्ने नीति सरकारले लिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन नसकेको बताइन् ।

“सकेसम्म नेपालमै उत्पादित वस्तु प्रयोग गर्नुपर्ने नीति सरकारले बनाएको छ, तर त्यसको कार्यान्वयनको प्रभावकारिता देखिँदैन”, उनले भने, “हामीले चाहने हो भने असम्भव केही छैन । नेपालमै उत्पादित काष्ठजन्य वस्तुलाई प्रोत्साहन गर्न र प्रतिस्पर्धी बनाउन सरकारका तर्फबाट पनि सहुलियतलगायतका व्यवस्था हुन आवश्यक छ ।”

सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका, २०७१ जारी भएयता सार्वजनिक निकायले आफूले उपयोग गर्ने वस्तु स्वदेशभित्रै उत्पादित हुनुपर्ने व्यवस्था छ भने स्वदेशी उद्योग तथा व्यवसायको प्रवद्र्धनका लागि यस्तो निर्देशिका ल्याइएको भए पनि त्यसको कार्यान्वयनमा भने समस्या रहेको उनको भनाइ रहेको छ ।

नेपालमा उत्पादित वस्तुको विश्वसनीयता कम हुने र विदेशी वस्तु भन्नेबित्तिकै राम्रो गुणस्तरको हुन्छ भन्ने भ्रम पनि आममानिसमा रहेको पनि मन्त्री गुरुङले बताइन् । नेपालमा उत्पादित वस्तु तथा सेवा पनि गुणस्तरीय र मूल्यमा समेत प्रतिस्पर्धी रहेको उनको भनाइ रहेको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि र भारतको फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सले आयोजना गरेको प्रदर्शनी आइतबारसम्म चल्नेछ । उक्त प्रदर्शनीमा काठबाट निर्मित सामग्री, भवनको आन्तरिक साजसज्जाका सामग्रीलगायत वस्तु राखिएका छन् ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?