Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कर्णालीको खेल क्षेत्रको उत्थानमा पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको छ: विकासमन्त्री पोख्रेल


कर्णाली। कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेलले कर्णालीको खेल क्षेत्रको उत्थानमा पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘खेलकुद पत्रकारितासम्बन्धी दुईदिने तालिम’को उद्घाटन गर्दै उनले कर्णाली प्रदेश खेल क्षेत्रको प्रचुर सम्भावनाको भूमि रहेको बताए । त्यस्तै, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने जनाउँदै उनले यसको तयारीमा प्रदेश सरकार लागि परेको बताएका छन् ।

मन्त्री पोख्रेलले भने, “यो तालिमबाट यहाँ खेलिने रैथानेलगायतका विभिन्न खेल क्षेत्रको सूचना सङ्कलन र त्यसबाट समाजमा पार्ने सकरात्मक प्रभावका समाचार सम्प्रेषणमा पत्रकारको सक्षमता वृद्धि हुनेछ ।” उनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि यहाँका दशवटै जिल्लामा भौतिक संरचना निर्माणको तयारी भइरहेको बताए ।

त्यस्तै, कर्णाली प्रदेश खेलकुरे । सो तालिमले खेल क्षेत्रसँग सम्बद्ध रहेर पत्रकारको सीप र दक्षता वृद्धि हुने उल्लेख गर्दै उनले दशौँ राष्ट्रिय खेल प्रतियोगिताको आयोजक प्रदेश कर्णाली भएकाले प्रदेश रङ्गशालाको निर्माणकार्य तीव्ररूपमा अगाडि बढेको जनाए ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले पछिल्लो समयमा हिमाली जिल्लामा पनि खेल क्षेत्र विस्तार भएकाले भूगोल केन्द्रित भएर सरकारले बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिैका छन् ।

त्यस्तै, दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा प्रशिक्षक भानुभक्त अधिकारीले प्रदेशका खेल क्षेत्रका सवाल र चुनौती, प्रकाश तिमिल्सिनाले खेल रिपोर्टिङ र त्यसका प्रकार तथा पवन आचार्यले खेल रिपोर्टिङको आधारभूत सिद्धान्त, लेखन विधि र अन्तर्वार्ता सीप तथा रणनीतिका विषयमा प्रशिक्षण दिने महासङ्घका प्रदेश समिति अध्यक्ष देवीराम देवकोटाले जानकारी दिैए ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?