Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

कर्णालीको खेल क्षेत्रको उत्थानमा पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको छ: विकासमन्त्री पोख्रेल


कर्णाली। कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेलले कर्णालीको खेल क्षेत्रको उत्थानमा पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘खेलकुद पत्रकारितासम्बन्धी दुईदिने तालिम’को उद्घाटन गर्दै उनले कर्णाली प्रदेश खेल क्षेत्रको प्रचुर सम्भावनाको भूमि रहेको बताए । त्यस्तै, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने जनाउँदै उनले यसको तयारीमा प्रदेश सरकार लागि परेको बताएका छन् ।

मन्त्री पोख्रेलले भने, “यो तालिमबाट यहाँ खेलिने रैथानेलगायतका विभिन्न खेल क्षेत्रको सूचना सङ्कलन र त्यसबाट समाजमा पार्ने सकरात्मक प्रभावका समाचार सम्प्रेषणमा पत्रकारको सक्षमता वृद्धि हुनेछ ।” उनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि यहाँका दशवटै जिल्लामा भौतिक संरचना निर्माणको तयारी भइरहेको बताए ।

त्यस्तै, कर्णाली प्रदेश खेलकुरे । सो तालिमले खेल क्षेत्रसँग सम्बद्ध रहेर पत्रकारको सीप र दक्षता वृद्धि हुने उल्लेख गर्दै उनले दशौँ राष्ट्रिय खेल प्रतियोगिताको आयोजक प्रदेश कर्णाली भएकाले प्रदेश रङ्गशालाको निर्माणकार्य तीव्ररूपमा अगाडि बढेको जनाए ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले पछिल्लो समयमा हिमाली जिल्लामा पनि खेल क्षेत्र विस्तार भएकाले भूगोल केन्द्रित भएर सरकारले बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिैका छन् ।

त्यस्तै, दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा प्रशिक्षक भानुभक्त अधिकारीले प्रदेशका खेल क्षेत्रका सवाल र चुनौती, प्रकाश तिमिल्सिनाले खेल रिपोर्टिङ र त्यसका प्रकार तथा पवन आचार्यले खेल रिपोर्टिङको आधारभूत सिद्धान्त, लेखन विधि र अन्तर्वार्ता सीप तथा रणनीतिका विषयमा प्रशिक्षण दिने महासङ्घका प्रदेश समिति अध्यक्ष देवीराम देवकोटाले जानकारी दिैए ।


प्रकाशित मिति: १८ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?