Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

सम्पत्ति शुद्धीकरणमा विशेष अदालतले गर्‍यो ८३ करोड जरिवानाको फैसला


काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दामा विशेष अदालतले ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

त्यस्तै, प्रमोद कुमार जयसवाललाई विशेष अदालतले ८३ करोड ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो भनेसम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७७ वैशाख २ गते विशेष अदालतमा दर्ता गराएको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा विशेष अदालतका न्यायाधीशत्रय टेक नारायण कुँवर, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठले गत पुस ४ गते कसुर ठहर गरेका थिए ।

त्यसैगरी, नक्कली कागजात खडा गरी कम्पनी दर्ता गरी नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा रुपान्तरण गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै उनीहरुमाथि मुद्दा चलेको थियो । उनीहरुले हुण्डीको समेत कारोबार गरेको उजुरी परेको भएपनि त्यस विषयमा भने प्रमाण नपुगेको भन्दै मुद्दा चलेको थिएन ।

सोही मुद्दामा सोमबार सजाय निर्धारण गर्दै न्यायाधीशत्रय कुँवर, थापा र श्रेष्ठले जयसवाललाई ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवाना र ८ वर्ष कैद सजाय सुनाएको हो । सोही मुद्दामा प्रतिवादी रहेका अर्का व्यक्ति पप्पु ठाकुरको बिगो ३ करोड ६७ लाख १४ हजार रुपैयाँ रहेकामा त्यति नै जरिवाना गरी कुल ७ करोड ३४ लाख २८ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ भने ठाकुरलाई ५ वर्षको जेल सजाय समेत तोकिएको छ ।

त्यस्तै, विशेष अदालतका प्रवक्ता धन बहादुर कार्कीका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३०९१० अनुसार प्रतिवादी प्रमोद कुमार जयसवाललाई बिगो रहेको ४१ करोड ५१ लाख ६९ हजार २७५ रुपैयाँको दोब्बरले हुन आउने ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवाना गरिएको हो । साथै उनलाई ८ वर्षको जेल सजायसमेत हुने फैसलामा उल्लेख छ ।

 


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?