Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सम्पत्ति शुद्धीकरणमा विशेष अदालतले गर्‍यो ८३ करोड जरिवानाको फैसला


काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दामा विशेष अदालतले ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

त्यस्तै, प्रमोद कुमार जयसवाललाई विशेष अदालतले ८३ करोड ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो भनेसम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७७ वैशाख २ गते विशेष अदालतमा दर्ता गराएको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा विशेष अदालतका न्यायाधीशत्रय टेक नारायण कुँवर, राम बहादुर थापा र मुरारीबाबु श्रेष्ठले गत पुस ४ गते कसुर ठहर गरेका थिए ।

त्यसैगरी, नक्कली कागजात खडा गरी कम्पनी दर्ता गरी नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा रुपान्तरण गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै उनीहरुमाथि मुद्दा चलेको थियो । उनीहरुले हुण्डीको समेत कारोबार गरेको उजुरी परेको भएपनि त्यस विषयमा भने प्रमाण नपुगेको भन्दै मुद्दा चलेको थिएन ।

सोही मुद्दामा सोमबार सजाय निर्धारण गर्दै न्यायाधीशत्रय कुँवर, थापा र श्रेष्ठले जयसवाललाई ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवाना र ८ वर्ष कैद सजाय सुनाएको हो । सोही मुद्दामा प्रतिवादी रहेका अर्का व्यक्ति पप्पु ठाकुरको बिगो ३ करोड ६७ लाख १४ हजार रुपैयाँ रहेकामा त्यति नै जरिवाना गरी कुल ७ करोड ३४ लाख २८ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ भने ठाकुरलाई ५ वर्षको जेल सजाय समेत तोकिएको छ ।

त्यस्तै, विशेष अदालतका प्रवक्ता धन बहादुर कार्कीका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३०९१० अनुसार प्रतिवादी प्रमोद कुमार जयसवाललाई बिगो रहेको ४१ करोड ५१ लाख ६९ हजार २७५ रुपैयाँको दोब्बरले हुन आउने ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवाना गरिएको हो । साथै उनलाई ८ वर्षको जेल सजायसमेत हुने फैसलामा उल्लेख छ ।

 


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?