Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सत्तागठबन्धनबाट उपराष्ट्रपतिमा प्रमिला यादवको उम्मेदवारी


२७ फागुन, काठमाडाैँ । सत्तागठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीकी सांसद प्रमिला यादवले उम्मेदवारी दर्ता गराएकी छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उम्मेदवार यादवको प्रस्तावकमा सांसदहरु रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन् । यस्तै उनको समर्थकमा सांसदहरु अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिसकुमार सुमन छन् ।

उम्मेदवार यादवले आफ्नो उम्मेदवारी जित्नका लागि भएको बताउनुभयो । निर्वाचनसम्मका लागि नै उम्मेदवारी दिएको उनले उल्लेख गरे ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?