Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

आफ्नै कार्यालयमा भएको विस्फोटमा तालिवानका गभर्नरको मृत्यु


२७ फागुन, एजेन्सी। उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु भएको छ ।

बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त विस्फोटमा मारिएको पुष्टि गरेका छन्। “आज बिहान करिब ९:०० बजे, बल्खका गभर्नर मोहम्मद दाउद मुजामिललाई विस्फोटक पदार्थ बोकेका एक व्यक्तिले आत्मघाती विस्फोट गराउँदा गभर्नर सहित दुई नागरिकसहित मारिएका छन् “। त्यसैगरी विस्फोटबाट अन्य चारजनाको मृत्यु भएको छ जसमा तीन सैन्य सदस्य र एक सर्वसाधारण नागरिक रहेको बुझिएको छ ।

यसैबीच इस्लामिक इमिरेट्सका प्रवक्ता जबिउल्लाह मुजाहिदले पनि ट्वीटरमा प्रान्तीय गभर्नरको हत्याप्रति दुःख व्यक्त गरेका छन्।
बल्खको सुरक्षा विभागको विज्ञप्तिमा भनिएको छ – आत्मघाती भेस्ट लगाएका एक व्यक्तिले प्रान्तीय गभर्नरको कार्यालय नजिकै दोस्रो तलामा आफूलाई विस्फोट गराई उक्त हत्या गरेको टोलो न्युजले जनाएको छ ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?