Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

आफ्नै कार्यालयमा भएको विस्फोटमा तालिवानका गभर्नरको मृत्यु


२७ फागुन, एजेन्सी। उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु भएको छ ।

बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त विस्फोटमा मारिएको पुष्टि गरेका छन्। “आज बिहान करिब ९:०० बजे, बल्खका गभर्नर मोहम्मद दाउद मुजामिललाई विस्फोटक पदार्थ बोकेका एक व्यक्तिले आत्मघाती विस्फोट गराउँदा गभर्नर सहित दुई नागरिकसहित मारिएका छन् “। त्यसैगरी विस्फोटबाट अन्य चारजनाको मृत्यु भएको छ जसमा तीन सैन्य सदस्य र एक सर्वसाधारण नागरिक रहेको बुझिएको छ ।

यसैबीच इस्लामिक इमिरेट्सका प्रवक्ता जबिउल्लाह मुजाहिदले पनि ट्वीटरमा प्रान्तीय गभर्नरको हत्याप्रति दुःख व्यक्त गरेका छन्।
बल्खको सुरक्षा विभागको विज्ञप्तिमा भनिएको छ – आत्मघाती भेस्ट लगाएका एक व्यक्तिले प्रान्तीय गभर्नरको कार्यालय नजिकै दोस्रो तलामा आफूलाई विस्फोट गराई उक्त हत्या गरेको टोलो न्युजले जनाएको छ ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?