Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सेवाग्राही समस्यामा


जलेश्वरमास्थित नेपाल विद्युत् प्राधिकरण जलेश्वर शाखा विरतण केन्द्रको विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । शाखाको एम पावर विलिङ सिस्टमको सर्भरमा समस्या आएपछि गत महिनादेखि केन्द्रबाट हुने गरेको सम्पूर्ण आय सङ्कलन काउन्टर भएको जनाइएको छ । शाखा प्रमुख वीरेन्द्र झाले वितरण केन्द्रको सबै सेवा पूर्ववत नै सञ्चालनको तयारी भएको जानकारी दिनुभयो ।

काउन्टर बन्द हुँदा यस केन्द्र मातहतमा रहेका ३५ हजार मिटर तथा तिनका ग्राहकले विद्युत् महसुल बुझाउन नपाएर हैरानी व्यहोरिरहेका छन् । मासिकरूपमा विद्युत् महसुल बुझाउन केन्द्रमा आउने गरेका सेवाग्राही बिल नै नबुझाइ फर्किनुपरेको छ भने विद्युत् महसुल बुझाउन चाहने सेवाग्राहीलाई केन्द्रका कर्मचारीले गत वैशाख महिनादेखिकै बिल लिएर आएपछि मात्रै नयाँ बिल बुझ्ने जनाउँदै फर्काउने गरेका छन् । जलेश्वर नगरपालिका वडा नं २ का सेवाग्राही दीपक गुप्ताले केन्द्रको सर्भरमा समस्या आउँदा विद्युत महसुल बुझाउन नपाएको गुनासो गर्नुभयो । जलेश्वर–२ का शिवचन्द्र चौधरीले केन्द्रमा अहिले दैनिक महसुल बुझाउनेको भीड लाग्ने, दैनिक प्रहरी र सेवाग्राही, कर्मचारी तथा सेवाग्राहीको बीचमा भनाभन र गालीगलौजसमेत हुने गरेको छ ।

केन्द्रमा दैनिक हुने विभिन्न हो–हल्लाले गर्दा यस वितरण केन्द्रबाट हुने नयाँ मिटर वितरण, मिटरमा देखिएका समस्या समाधान, उपकरण जडानलगायतका कामकाज हुन नपाउँदा सेवाग्राही थप समस्यामा परेका छन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो ।


प्रकाशित मिति: १९ पुष २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?