Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सेवाग्राही समस्यामा


जलेश्वरमास्थित नेपाल विद्युत् प्राधिकरण जलेश्वर शाखा विरतण केन्द्रको विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । शाखाको एम पावर विलिङ सिस्टमको सर्भरमा समस्या आएपछि गत महिनादेखि केन्द्रबाट हुने गरेको सम्पूर्ण आय सङ्कलन काउन्टर भएको जनाइएको छ । शाखा प्रमुख वीरेन्द्र झाले वितरण केन्द्रको सबै सेवा पूर्ववत नै सञ्चालनको तयारी भएको जानकारी दिनुभयो ।

काउन्टर बन्द हुँदा यस केन्द्र मातहतमा रहेका ३५ हजार मिटर तथा तिनका ग्राहकले विद्युत् महसुल बुझाउन नपाएर हैरानी व्यहोरिरहेका छन् । मासिकरूपमा विद्युत् महसुल बुझाउन केन्द्रमा आउने गरेका सेवाग्राही बिल नै नबुझाइ फर्किनुपरेको छ भने विद्युत् महसुल बुझाउन चाहने सेवाग्राहीलाई केन्द्रका कर्मचारीले गत वैशाख महिनादेखिकै बिल लिएर आएपछि मात्रै नयाँ बिल बुझ्ने जनाउँदै फर्काउने गरेका छन् । जलेश्वर नगरपालिका वडा नं २ का सेवाग्राही दीपक गुप्ताले केन्द्रको सर्भरमा समस्या आउँदा विद्युत महसुल बुझाउन नपाएको गुनासो गर्नुभयो । जलेश्वर–२ का शिवचन्द्र चौधरीले केन्द्रमा अहिले दैनिक महसुल बुझाउनेको भीड लाग्ने, दैनिक प्रहरी र सेवाग्राही, कर्मचारी तथा सेवाग्राहीको बीचमा भनाभन र गालीगलौजसमेत हुने गरेको छ ।

केन्द्रमा दैनिक हुने विभिन्न हो–हल्लाले गर्दा यस वितरण केन्द्रबाट हुने नयाँ मिटर वितरण, मिटरमा देखिएका समस्या समाधान, उपकरण जडानलगायतका कामकाज हुन नपाउँदा सेवाग्राही थप समस्यामा परेका छन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो ।


प्रकाशित मिति: १९ पुष २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?