Trending
>>   तेहरान विमानस्थलमा २ वटा एफ १४ युद्धविमान खसालेको इजरायलको दाबी >>   बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँः सांसद यादव >>   रुसी र इरानी राष्ट्रपतिसँग एर्दोगानको कुराकानी >>   जलवायु अनुकुलन कार्यक्रमहरु लागू गर्दै अघि बढ्नुको विकल्प छैनः वनमन्त्री ठकुरी >>   मोरक्को र पानामा द्विपक्षीय सहयोग बढाउन सहमत >>   अन्योलमा धुलिखेल खावा सडकः ठेक्का रद्धपछि पनि पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेन >>   इजरायलले सीमा बन्द गरेसँगै पश्चिम क्षेत्रका प्यालेस्टिनीको जनजीवन ठप्प >>   टर्किएद्वारा ३९ जना शंकास्पद आईएस सदस्य पक्राउ >>   आज मिति २०८२ साल असार ०३ गते मंगलबार ,हेर्नूहोस् आजको राशिफल >>   आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल
Logo
३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु


काठमाडौं। आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ ।

त्यसैगरी, ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को बिदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा आज विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । इस्वी संवतको सुरुवात इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले गरेका हुन् ।

यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ भने नयाँ वर्षमा इसाई धर्मावलम्बीहरूले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन रहेको छ ।

नेपालमा पनि अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान, साङ्गीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरू भइरहेका छन् । काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरूमा नयाँ वर्ष २०२४ भव्यरुपमा मनाइँदै छ ।

विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना समेत गरेका छन् ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?