Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

आरआर क्याम्पसमा विद्यार्थीहरूले लगाए ताला


२७ फागुन, काठमाडाैँ । स्ववियु निर्वाचनको तयारीमा जुटेका विद्यार्थी संगठनहरूले रत्न राज्य लक्ष्मी क्याम्पसमा तालाबन्दी गरेका छन् । स्ववियुविरुद्ध षड्यन्त्रपूर्ण हर्कत चलिरहेको आरोप लगाउँदै विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।

२६ फागुनमा अनलाइनमार्फत सार्वजनिक गरिएको मतदाता नामावलीलाई व्यापक रूपले हेरफेर गर्ने कार्यमा क्याम्पस प्रशासन र निर्वाचन समिति संलग्न भएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् । कुनै एउटा संगठनलाई फाइदा पुग्नेगरी गतिविधि भइरहेको भन्दै विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन् ।

विद्यार्थीको नाम थपघट गरिएकाले निष्पक्षा छानविन नभएसम्म तालाबन्दी जारी नै रहने उनीहरूको चेतावनी छ ।

नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, अरेरा स्ववियू क्रान्तिकारी, राप्रपा विद्यार्थी संगठन र समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?