Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

काँग्रेसकाे मधेसबाट राष्ट्रियसभामा सम्भावित सूची केन्द्र पठाइयाे


धनुषा । नेपाली काँग्रेस मधेश प्रदेश कार्यालय जनकपुरधाममा बसेको बैठकबाट राष्ट्रिय सभाको सदस्य पदका लागि सम्भावित उम्मेदवारको सूची तय गरेर केन्द्रीय कार्यालयलाई पत्राचार गरेका छन् ।

काँग्रेसको मधेश प्रदेश कार्यालय जनकपुरधाममा प्रदेश सभापति कृष्ण प्रसाद यादबको अध्यक्षतामा बसेको बैठकबाट वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिक तथा बैठकमा सहभागी भएका सदस्यहरुले व्यक्त गरेको भावनालाई समेत ध्यानमा राखी प्राथमिकताक्रम निर्धारण गरेर सात जनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउने निर्णय भएका हुन् ।

निर्णय भए अनुसारको सम्भावित सूची केन्द्रीय कार्यालयमा पठाइसकेको काँग्रस मधेश प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्वरमा आनन्द प्रसाद ढुंगाना धनुषा, फरमुल्लाह मंसुर बारा, नागेन्द्र कुमार सर्लाही, राधेचन्द्र यादव वारा, रामचन्द्र तिवारी महोत्तरी, रजिन्द्रबहादुर अमात्य पर्सा र हृदयनारायण यादव रौतहट लगायतका ८ जिल्लाबाट आएका सबै उमेदवारहरुको नाम सिफारिस गरेर पठाइएको प्रचार प्रसार प्रमुख गुप्ताले बताए ।

मधेश प्रदेशको कार्यालयमा बसेको बैठकमा गहन छलफल हुँदा जिल्लाहरुबाट सिफारिस भएर आएको नामावली र आफै मधेश कार्यालयमा उपस्थित भई दर्ता गराइएको नामावली माथि विचार गर्दै वरिष्ठता, समावेशिता लगायतका पार्टीमा दिएको योग्यदानको मूल्याँकन गर्दै उक्त सम्भावित उमेदवारहरुको नाम सिफारिस गरे पठाई सक्यो
उनले बताउनु भयो ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?