Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

लुम्बिनी प्रदेश सभाको विषयगत समिति सभापति चयन गर्ने निर्वाचन स्थगित


काठमाडौं। लुम्बिनी प्रदेश विषयगत समितिको सभापति चयन गर्न तोकिएको निर्वाचन स्थगित भएको छ।

उक्त प्रदेश सचिव दुर्लभकुमार पुन मगरले विशेष कारणवस निर्वाचन स्थगित गरिएको जानकारी दिए । निर्वाचन गर्ने विषयमा तयारी नपुगेको भन्दै स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ भने दलहरूको बीचका विषयगत समितिको सभापति चयन गर्न भागबन्डा नमिल्दा निर्वाचन स्थगित भएको स्रोतले दाबी समेत गरेको छ ।

प्रदेश सभाले पुस १७ गते सभापति चयन गर्न निर्वाचनको मिति तय गरेको थियो, तर सभामुख तुलाराम घर्तिमगरले विशेष कारणवस अनिश्चितकालको लागि निर्वाचन स्थगित गरेको सूचना प्रकाशन गरिएको छ।

त्यस्तै, सार्वजनिक लेखा समितिसहित अन्य एउटा समिति प्रमुख प्रतिपक्ष दल एमालेलाई र बाँकी चारवटा समितिको सभापति सत्तासीन दललाई दिने गरी छलफल अघि बढेको जनाइएको थियो।

 


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?