Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

लुम्बिनी प्रदेश सभाको विषयगत समिति सभापति चयन गर्ने निर्वाचन स्थगित


काठमाडौं। लुम्बिनी प्रदेश विषयगत समितिको सभापति चयन गर्न तोकिएको निर्वाचन स्थगित भएको छ।

उक्त प्रदेश सचिव दुर्लभकुमार पुन मगरले विशेष कारणवस निर्वाचन स्थगित गरिएको जानकारी दिए । निर्वाचन गर्ने विषयमा तयारी नपुगेको भन्दै स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ भने दलहरूको बीचका विषयगत समितिको सभापति चयन गर्न भागबन्डा नमिल्दा निर्वाचन स्थगित भएको स्रोतले दाबी समेत गरेको छ ।

प्रदेश सभाले पुस १७ गते सभापति चयन गर्न निर्वाचनको मिति तय गरेको थियो, तर सभामुख तुलाराम घर्तिमगरले विशेष कारणवस अनिश्चितकालको लागि निर्वाचन स्थगित गरेको सूचना प्रकाशन गरिएको छ।

त्यस्तै, सार्वजनिक लेखा समितिसहित अन्य एउटा समिति प्रमुख प्रतिपक्ष दल एमालेलाई र बाँकी चारवटा समितिको सभापति सत्तासीन दललाई दिने गरी छलफल अघि बढेको जनाइएको थियो।

 


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?