Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सत्तारुढ गठबन्धनको बैठक : उपराष्ट्रपतिको उम्मेदवारीबारे छलफल


२७ फागुन, काठमाडाैँ । सत्तारुढ गठबन्धनको आजको बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारी सम्बन्धमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ गठबन्धनका तर्फबाट तत्काल तीन जनाको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए । जनता समाजवादी पार्टीका तर्फबाट महिला र पुरुष दुवैको उम्मेदवारी दर्ता गर्ने निर्णय भएअनुसार महिला उम्मेदवारमा जनमत पार्टीका तर्फबाट ममता झालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने प्रावधान संविधानमा नै उल्लेख भएकाले झालाई महिला उम्मेदवार बनाउने विषयमा सत्तारुढ दलकाबीच सहमति भएको राउतले जानकारी दिए ।

“आज तीन जनाको उम्मेदवारी दर्ता गर्ने र आइतबारसम्म छलफल गरेर एउटै उम्मेदवार कायम गर्ने सहमति भएको छ”, उनले भने । आयोगले उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने भनेकाले कुनै जोखिम नलिइ आज तीन जनाको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको अध्यक्ष राउतले बताए ।

निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने समयसीमा तय गरेको छ । गठबन्धनले जसपा नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर आयोगले पुरुष राष्ट्रपति भएपछि महिला नै उपराष्ट्रपति हुनुपर्ने जनाएपछि आज पुनःछलफल गरी अन्तिम निष्कर्ष दिने सो पार्टीले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत शीर्ष नेताको सहभागिता थियो ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?