Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

मानव सभ्यताको विकाससँग जोडिएका संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल


काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताएका छन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतिलाई अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, तमु ल्होसारका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले विभिन्न जातजातिकाले परम्परागत रूपमा मनाउँदै आएका पर्वको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताए ।

उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा समेत बताएका छन् ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?