Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

तस्वीरमा बालकुमारीको तनाव


काठमाडौं। रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको विरोधमा युवाहरुले गरेको प्रदर्शनका कारण शुक्रबार बालुकुमारी क्षेत्र तनावग्रस्त भएको छ ।ग्वार्कोस्थित ईपीएस कार्यालयमा जम्मा भएका युवाहरुले चक्रपथमा आएर सडक अवरुद्ध पारेका थिए । त्यसक्रममा उनीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी रोकेर आगजनी गरेका छन् ।

प्रहरीका अनुसार अरु केही गाडीमा आगजनी भएको छ भने केही गाडीमा तोडफोड समेत भएको छ । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । १७ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेनुहोस् तस्वीरहरु :


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?