Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

चिसोका कारण जाजरकोटमा सुत्केरी महिलाको मृत्यु


जाजरकोट। जाजरकोटमा चिसोका कारण एक भूकम्प पीडित सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको मृत्यु भएको हो । जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो ।

त्यस्तै, कमजोर आर्थिक अवस्थाका कारण १७ मंसिरमा सुत्केरी भएकी उनलाई परिवारले उनलाई त्रिपालबाट सुरक्षित ओतमा सार्न सकेको थिएन । सो चिसो र त्यहीकारण भएको सङ्क्रमणको उपचार नपाएका कारण कल्पनाको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष देविका शाहले बताइन् । ‘चिसोले उनको शरीर सुन्निएको थियो । उनी बिरामी थिइन् । परिवारले समयमा उपचार पनि गर्न सकेन,’ उनले भनिन् ।

त्यसैगरी,स्थानीयका अनुसार घरबास कार्यक्रमबाट सानो घर बनाएका उनको परिवार भूकम्पका कारण त्रिपालमा पुगेको थियो भने गरिब दलित परिवारका उनीहरूलाई साँझ बिहानको छाक टार्नै धौ–धौ पर्ने अवस्था छ, त्यहीकारण सुत्केरी हुँदा पनि परिवारले राम्रो उपचारको प्रबन्ध गर्न सकेको थिएन ।

भूकम्पपछि चिसोका कारण जाजरकोटमा मात्रै तीन बालबालिकासहित २९ जनाको मृत्यु भइसकेको छ भने रुकुमपश्चिममा अन्य ५ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयले भने त्यसबारे जानकारी नआएको जनाएको छ । ‘भूकम्पले मान्छेहरू त्रिपालमा बस्नुपर्ने अवस्था छ । चिसो पनि छ, तर त्यस्तो मृत्यु भएको कुरा हामीलाई खबर आएको छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक माधव बीसीले भने, ‘हामी कहाँ जाहेर भयो भने पोष्टमार्टम गर्नुपर्ने हुन्छ । मुद्धा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसकारण पनि मान्छेहरूलाई प्रहरीलाई खबर गर्दैनन्, त्यस्तो भएका हुन पनि सक्छ ।’


प्रकाशित मिति: १२ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?