Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

नेप्से परिसूचकमा १७ अङ्कको गिरावट


काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय सात कम्पनीको एक करोड ४३ लाख ३७ हजार सात सय ३८ कित्ता शेयर एक लाख १७ हजार चार सय ७६ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २४ करोड ८७ लाख ८२ हजार छ सय ११ बराबरको कारोबार भएको छ । त्यस्तै, म्युचुअल फन्ड समूह शून्य दशमलव ५३ र निर्जीवन बीमा समूह एक दशमलव १६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ भने सबैभन्दा धेरै व्यापार समूहको उपसूचकमा दुई दशमलव ३२ प्रतिशतको गिरावट देखिएको छ ।

त्यस्तै, चारवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र चिर्खवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो भने बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

सो कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू १९ करोड ६६ लाख ६४ हजार सात सय ९३ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख सात हजार सात सय ७५ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?