Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

राष्ट्रपति निर्वाचनमा कति खर्च गरे सुवास नेम्वाङले ?


२६ फागुन, काठमाडाैँ । राष्ट्रपति पदका एमाले उम्मेदवार सुवास नेम्वाङले आफ्नो खर्च विवरण बुझाएका छन् ।

शुक्रबार निर्वाचन आयोगमा बुझाएको उनको खर्च विवरण अनुसार नेम्वाङले राष्ट्रपति निर्वाचनमा १६ हजार ५०० रुपैयाँ खर्च गरेका छन् ।

जसमध्ये प्रचार प्रसार, छापा एवं विद्युतीय शीर्षकअन्तर्गत मतदाताहरुलाई एसएमएस पठाउँदा १० हजार रुपैयाँ र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको नेम्वाङले उल्लेख छ ।

नेम्वाङका तर्फबाट उनका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई खर्च विवरण बुझाएका हुन् ।

बिहीबार भएको राष्ट्रपति निर्वाचनमा कांग्रेससहित दलका उम्मेदवार रामचन्द्र पौडेलसँग नेम्वाङ पराजित भएका थिए ।


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?