Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

डा. अरुण शाहीलाई ५१ हजार राशीको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार


काठमाडाैं। एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले हरेक वर्ष प्रदान गर्दै आएको ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार’ यस वर्ष डा. अरुण शाहीले प्राप्त गरेका छन् । उक्त पुरस्कारको राशि ५१ हजार रुपैयाँ र ताम्र पत्र रहेको छ ।

त्यस्तै, पर्वतको पैंयु गाउँपालिकास्थित हुवासमा आज आयोजित विशेष समारोहमा गत वर्षका विजेता डा, शेरबहादुर पुनले मेडिकल अंकोलोजिष्ट डा. शाहीलाई सो पुरस्कार प्रदान गरेका हुन् ।एनआरएनएले डा. शाहीले मानिसलाई क्यान्सबाट जोगाउन सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय-अन्तर्राष्ट्रिय सेमिनारमार्फत् तथ्यगत तथा प्रामाणिक सूचना एवम् जानकारीहरू प्रवाह गर्ने कार्यमा देखाएको सक्रियताका कारण उनलाई सम्मान गरेको जनाएको छ ।

सो पुरस्कार वितरण समारोहलाई एसोसिएशनको नेपालस्थित साझेदार संस्था देउराली फाउण्डेशनले व्यवस्थापन गरेको हो भने फाउण्डेशनका अध्यक्ष भीम घिमिरे, बुद्धि विश्वकर्मालगायतका प्रतिनिधिहरूले पुरस्कार वितरणका लागि सहजीकरण गरेका थिए ।


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?