Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

आगामी आर्थिक वर्षको योजना तर्जुमा गर्ने तयारीमा नार्क


काठमाडाैं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आर्थिक वर्ष २०८१-८२ को लागि योजना तर्जुमाका विभिन्न कार्यक्रमहरू तय गरेको छ ।

त्यस्तै, नार्कले आगामी आर्थिक वर्षका लागि गाउँस्तरीय कृषि प्राविधिक कार्य समूह बैठक, प्रदेशस्तरीय कृषि प्राविधिक कार्य समूह बैठक, राष्ट्रियस्तरीय कृषि प्राविधिक कार्य समूह बैठक, विभिन्न विषय वा समूहका कार्य समूह बैठक, परियोजना लेखन, अनलाइन समीक्षा, परियोजना समीक्षा गोष्ठी, समग्र बजेट कार्यक्रम प्रस्तुति र राइटशपलगायत विभिन्न कार्यक्रम तय गरेको हो । नार्कले प्रत्येक वर्ष अनुसन्धानका सवाल पहिचान गर्ने र पहिचान भएका सवाल प्राथमिकीकरण गर्ने र परियोजना निर्माण गर्ने गर्दै आएको छ ।

उक्त परियोजना आन्तरिक र बाह्य विज्ञबाट समीक्षा गरिने भएकाले योजना तर्जुमाका कार्यक्रमहरू केही छिटो सञ्चालन गर्ने गरिएको राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रले जनाएको छ ।


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?