Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पोखरामा पुनःस्थापना गरियो पूर्वराजा वीरेन्द्र साहको सालिक


पोखरा। पोखराको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र साहको सालिक पुनःस्थापना गरिएको छ । सो शालिक पुनर्निर्माण समितिले मध्यरातमा करिब ८ फिट अग्लो ढलोटको सालिक राखेको हो ।

उक्त समितिका सचिव अरुण गिरीले भने, ‘साइत हेराएर राति साढे एकरपौने २ बजेतिर सालिक पुनर्स्थापना गरिएको हो ।’ उनका अनुसार पोखरा महानगरपालिका-१० मा पर्ने यो ठाउँमा २०५९ सालमा वीरेन्द्रको सालिक स्थापना गरिएको थियो । सो सालिक राखेपनि अरु काम बाँकी नै रहेको भन्दै गिरीले भने, ‘२०/२५ लाख बजेट लाग्ने अनुमान रहेको छ ।’

त्यसैगरी, २०६२/०६३ को जनआन्दोलनका क्रममा सालिक तोडफोड भएको थियो भने पछिल्ला समय स्थानीयले चोक बुच्चो भयो, सालिक हुनुपर्छ भनेपछि मनवीर गुरुङको अगुवाइमा सालिक पुनर्निर्माण समिति बनाएर काम गरेको गिरीले बताएका छन् ।

 

 

 


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?