Trending
>>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

सात विकास बैंकद्वारा लाभांश घोषणा


काठमाडाैं। नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत कुल १५ वटा विकास बैंकमध्ये सात वटा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।

त्यस्तै, लाभांश घोषणा गरेका ७ विकास बैंकमध्ये पनि ३ वटा विकास बैंकको सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) भइसकेको छ भने सांग्रिला, मितेरी र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुक क्लोज भइसकेकाले अब सेयर खरिद गर्नेले लाभांश पाउँदैनन् ।

त्यसैगरी, दुई वटा बैंकले भने लाभांश नदिने घोषणा गरेका छन् भने बाँकी धेरै विकास बैंकले लाभांश दिन सक्ने अवस्था छैन । ज्योति विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारण सभा बोलाएका छन् भने लाभांशमा अधिकांश विकास बैंकले सेयर बोनसलाई प्राथमिकता दिएका छन् ।

बाँकी ४ वटा विकास बैंक मुक्तिनाथ, गरिमा, महालक्ष्मी र लुम्बिनी विकास बैंकको भने बुक क्लोज भइसकेको छैन भने अहिले पनि सेयर खरिद गर्नेले यी ४ कम्पनीको लाभांश पाउने छन् ।


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?