Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

राष्ट्रपति रनिङ सिल्डको उपाधि हिमा गाउँपालिकालाई


जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–६ ले आयोजना गरेको १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा २० स्वर्ण पदकसहित हिमा गाउँपालिका प्रथम भएको छ । उक्त प्रतियोगितामा जिल्लाका पातारासी र गुठिचौरबाहेक छ पालिकाको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा हिमाले विभिन्न विधाका खेलतर्फ २० स्वर्ण पदक जितेर प्रथम स्थान हासिल गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए । उनका अनुसार हिमाले करातेतर्फ १२, एक हजार पाँच सय मिटर दौडमा छात्राछात्रतर्फ दुई/दुई, तीन हजार मिटर दौड छात्रतर्फ एक, हाईजम, लमजम र त्रिपलम्जमतर्फ १/१ सहित बीस स्वर्णपदक जितेको गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमख दन्तराज रावतले जानकारी दिए ।

त्यस्तै, चन्दननाथ नगरपालिकाले १२ स्वर्ण पदकसहित दोस्रो भएको आयोजकले जनाएको छ भने तेकान्दो र उस्सुतर्फको खेलमा आयोजकले नम्बर नदिने निर्णय गरेपछि नगरपालिकाले अन्य विधाका पुरस्कारसमेत लिएको छैन । सिञ्जाले लमजम छात्रातर्फ एक, दुई सय मिटर दौड छात्रातर्फ एक गरी दुई स्वर्णपदक जितेको गाउँपालिका खेल प्रशिक्षक शक्तिसिंह खत्रीले बताए । सिञ्जाले दुई सय दुई मिटर दौड छात्रतर्फ एक, एक सय मिटर दौड छात्रातर्फ एक, त्रिपलजम छात्रातर्फ एक गरी तीन रजत र दुई कास्यसहित तेस्रो भएको उनले जानकारी दिएका छन् ।

सो प्रतियोगितामा छात्रा भलिबलको विजेता बनेको कनकासुन्दरी गाउँपालिका प्रतियोगिताको चौथो र छात्रतर्फको भलिबल विजेता बनेको तिला गाउँपालिकाले पाँचौ स्थान हासिल गरेको छ । आयोजक पालिका गाउँपालिकाले कुनै पनि खेलमा प्रथम स्थान हासिल गर्न सकेन । उक्त प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुने पालिकालाई सिल्ड, प्रमाणपत्र, मेडलसहित पुरस्कार वितरण गरिएको छ भने १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शान्त र मर्यादित रुपमा सम्पन्न गर्न तातोपानी गाउँपालिका सफल भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँले बताए ।

त्यस्तै, वडाध्यक्ष विशाल खड्काले प्रतियोगिता सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सरोकारवाला निकायलाई धन्यवाद दिए । आगामी वर्ष १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हिमा गाउँपालिकाले आयोजना गर्नेछ ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?