Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

६ खर्ब ४२ अर्बको आयात हुँदा ६३ अर्ब २० करोडको निर्यात


काठमाडाैं। चालु वर्षको साउनदेखि मङ्सिरसम्म ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । सोही अवधिमा ६३ अर्ब २० करोड ७४ लाख वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

त्यस्तै, गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको पाँच महिनामा आयात र निर्यात दुवै घटेको हो भने गत आर्थिक वर्ष साउन-मङ्सिरसम्म ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको वस्तु आयात गरिएको थियो भने सोही अवधिमा ६७ अर्ब ३० करोड ४५ लाखको वस्तु निर्यात गरिएको थियो ।

उक्त विभागका अनुसार सबैभन्दा बढी ५३ अर्ब ९० करोड ३२ लाख रुपैयाँको डिजेल आयात गरिएको छ भने पेट्रोल र ग्यास क्रमशस् २८ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ र २० अर्ब ६५ करोड ५८ लाख रुपैयाँ बराबरको आयात गरिएको हो । मुलुकबाट सबैभन्दा बढी गलैँचा र अलैँची निर्यात भएको छ ।

सो विभागका अनुसार साउनदेखि मङ्सिरसम्म ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको गलैँचा र ३ अर्ब ९ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?