Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

६ खर्ब ४२ अर्बको आयात हुँदा ६३ अर्ब २० करोडको निर्यात


काठमाडाैं। चालु वर्षको साउनदेखि मङ्सिरसम्म ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । सोही अवधिमा ६३ अर्ब २० करोड ७४ लाख वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

त्यस्तै, गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको पाँच महिनामा आयात र निर्यात दुवै घटेको हो भने गत आर्थिक वर्ष साउन-मङ्सिरसम्म ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको वस्तु आयात गरिएको थियो भने सोही अवधिमा ६७ अर्ब ३० करोड ४५ लाखको वस्तु निर्यात गरिएको थियो ।

उक्त विभागका अनुसार सबैभन्दा बढी ५३ अर्ब ९० करोड ३२ लाख रुपैयाँको डिजेल आयात गरिएको छ भने पेट्रोल र ग्यास क्रमशस् २८ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ र २० अर्ब ६५ करोड ५८ लाख रुपैयाँ बराबरको आयात गरिएको हो । मुलुकबाट सबैभन्दा बढी गलैँचा र अलैँची निर्यात भएको छ ।

सो विभागका अनुसार साउनदेखि मङ्सिरसम्म ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको गलैँचा र ३ अर्ब ९ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?